लमजुङ । लमजुङका १५ वर्षीय किशोरले ड्रोन बनाएर उडाएका छन् । सदरमुकाम बेंसिसहर–३, बहुनबेंसी निवासी किरण अधिकारी स्थानीय यशोब्रह्म मावि कक्षा १० पढ्छन् । उनले ड्रोन बनाएर उडाएपछि त्यो देख्नेहरू सबै दंग परेका छन् ।
सरकारी स्कुलमा अर्थशास्त्रको अध्ययन गर्दै आएका उनले कक्षा–४ पढ्दा नै आफू र बालबालिकाले खेलाउने गाडी बनाएर साथीहरू र आफू खेल्ने गरिआएको परिवारजनले जनाएका छन् ।
पछिल्ला दिनमा उनको त्यो क्षमता वृद्धि हुँदै गएको छ । उनले लाइट, वाटर पम्प, फोन, इलेक्ट्रिक म्यागेन, डोजर, एक्जाभेटर लगायत निर्माण गरी सकेका छन् ।
यसअघि कक्षा–९ पढ्दै गर्दा गत वर्ष उनले आफूले बनाएको रिमोट कन्ट्रोलको गाडीमा चढेर उनले १ किमी यात्रा गरेर सबैलाई देखाउँदै चकित बनाएका थिए । यस्तो कामका लागि बुबाले खर्च दिन थालेका थिए । कक्षा–८ पढ्दा नै उनले डोजर बनाएको बताए । उनी मदन अधिकारी र विष्णुमाया अधिकारीका छोरा हुन् । उनकी दिदी छन् ।
पहिलो आफू सानो भएको र बाबा–आमाले यस्तो राम्रो काम गर्छ भन्ने नपत्याएको हुँदा आफूले बनाउने वस्तुका लागि सामग्रीको जोगाड गर्न खर्च नपाएर कठिन भएको किरणले सम्झे । उनका अनुसार पछि ‘यो त राम्रो काम हो’ भनेर छिमेकी, इष्टमित्रहरू र अरु बाहिरबाट आउनेहरूले समेत भन्न थालेपछि पछिल्ला २ वर्षदेखि बाबाले सहयोग गर्न थालेको उनले बताए ।
ड्रोनले औषधी बोक्ने, सभासमारोहमा फूलको वर्षा गराउने, राष्ट्रिय झण्डा प्रदर्शन गर्ने जस्ता काम सहजतापूर्वक गर्छ
‘पहिले दसैंमा मामाघरमा टीका लगाउँदा पाएको दक्षिणा, स्कुलमा खाजा खानका लाागि बाबुआमाले दिएको रकम र कहिलेकाहीं आमाले दिने पकेट खर्च जोगाएर मेसिनरी सामानको निर्माणको काम गर्दै आएको हुँ’ उनले भने, ‘ड्रोन बनाउने काम युटुब हेरेर सिकेको हुँ ।’
उनले भने, ‘यसभन्दा अगाडि करिब ५५ हजार रुपैयाँ खर्चेर बनाएको रिमोर्ट कन्ट्रोल गाडीको इन्जिन २/३ महिना नहुँदै बिग्रियो । खरिद गर्दा ग्यारेजवालाले पुरानो दिएछ ।’ अहिले ड्रोन बनाउन करिब ७० हजार रुपैयाँ खर्च लागेको किरणले भने । उनी भन्छन्, ‘मैले बनाएको यो ड्रोनले औषधि बोक्ने, सभासमारोहमा फूलको वर्षा गराउने, राष्ट्रिय झण्डाको प्रदर्शन गर्ने जस्ता काम सहजतापूर्वक गर्न सक्छ ।’ यसले डेढ केजीसम्मको तौल बोक्न सक्ने उनले जानकारी दिए । ‘यो ३ किमीको दूरी र उचाइमा पनि ३ किमी नै उड्न सक्छ,’ उनले ठोकुवा गरे ।
उनका अनुसार ऐले खर्च नभएर त्यसको दुरी र उचाइ नाप्ने मेसिन राख्न सकेको छैन । उनले भने, ‘मेरो अनुमान हो यो, एक किमिको दुरी भने ड्रोनले २/३ पटक पार गरिसकेको छ ।’
उनका बाबुआमा किसान हुन् । ज्योति भैंसी फर्म चलाएका छन् । फार्ममा ७ दुहुना भैंसी छन् । साँझ बिहान ती भैंसीको दूध बिक्री गर्ने कार्यमा आफूले बाबाआमालाई सहयोग गर्ने गरेको किरणले बताए ।
उनले भने, ‘ड्रोन बनाउने सोच भर्खर–भर्खर आएको हो । यो बनाउने सामग्री खोज्न, जोड्न १० दिन जति लाग्यो र बनाउन १ महिना जति लागेको हो ।’ १ लाख ५० हजार रुपैयाँ खर्च गर्ने हो भने आफूले बनाउने ड्रोनले डेढ किलोको सामग्री सजिलै बोक्न सक्ने उनले बताए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१