पोखरा । साइकल सिटी पोखराको १० औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अभिषेक कोइराला अध्यक्षतामा चयन भएका छन् । उनको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरिएको हो ।
समिति उपाध्यक्षमा राजन गोंगजु, सचिव जय गुरुङ, कोषाध्यक्ष दीपक कार्की, सहसचिव धरमबहादुर लामिछाने, सदस्यमा मोहनसिंह लालचन, नवराज थापा, दीपेन्द्र मर्सानी, दुर्गाप्रसाद अधिकारी, रक्से लामा र राजिव मुल्मी निर्विरोध चयन भएको निर्वाचन संयोजक प्रकाश बज्राचार्यले जानकारी दिए ।
कार्यक्रममा पुराना साइक्लिस्ट तथा चित्रकार आलोक गुरुङले साइकलको महत्व र उपयोगिता धेरै नै रहेको र स्वास्थ्य तथा पर्यावरणका लागि अतिउपयोगी भएको उल्लेख गरे ।
यस्तै, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पूर्व अध्यक्ष प्रकाश बज्राचार्य, जितेन्द्रमान शाक्यले साइकल सिटी पोखराले उल्लेखनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरे । सभाले कोषाध्यक्ष जय गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
यसअघि टुर दि पोखरा भब्य र सभ्य रुपमा सम्पन्न गरेकोमा संयोजक राजन गोंगजुलाई मायाको चिनोसहित सम्मान गरियो भने साइकलमार्फत स्थानको प्रवद्र्धनमा सघाउ पु¥याउने साइकलिस्टलाई सम्मान गरिएको थियो ।
क्लब अध्यक्ष महेन्द्रराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अभिषेक कोइराला र संचालन जय गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१