अलि मियाँ सेभेन ए साइड फुटबल फागुन तेस्रो साता

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७८
alimiya~

पोखरा । कोरोनाका कारण स्थगित तेस्रो लोककवि अलि मियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको मिति तय भएको छ । नेपाल मुस्लिम युवा समितिले सो प्रतियोगिता आगामी फागुन २१ देखि २८ सम्म गर्ने निधो गरेको हो ।
स्वास्थ्य मापदण्डको पालना गरी पोखरा १३, माछापोखरी खेल मैदानमा सो प्रतियोगिता गर्न लागिएको प्रतियोगिता संयोजक अब्बु बकर मियाँले बताए । उनले युवालाई खेलकुदमा आकर्षित गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
विजेतालाई नगद एक लाख २५ हजार नगद सहित ट्रफि, मेडल, प्रमाण पत्र र उपविजेतालाई नगद ७५ हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै सेमीफाइनल पुग्न सफल अन्य २ टिमलाई १०–१० हजार प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी, डिफेन्डर, मिड फिल्डर, हाई स्कोरर र गोलकिपरलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा करिब ५० टिमले सहभागिता जनाउने अपेक्षा आयोजकको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ८ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width