पोखरा । पोखराकै ड्रिम प्रोजेक्ट हो, केवलकार । ‘अन्नपूर्ण केवलकार’ अन्ततः शुक्रबारदेखि सञ्चालनमा आउँदैछ ।
कोरोना महामारीकै बीचमा निर्माण सम्पन्न भएको बहुप्रतिक्षित अन्नपूर्ण केवलकार पोखरामा नयाँ पर्यटकीय गन्तव्य पनि हो । पोखरा–१८ सेदी बगरमा निर्मित अन्नपूर्ण केवलकारको सफ्ट ओपनिङ हुन लागेको कम्पनीले जनाएको छ ।
फेवाताल किनारबाट सराङकोट जोड्ने गरी करिब २ अर्ब लागतमा निर्मित केबलकार सञ्चालनमा आउन लागेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए । उनका अनुसार कोरोना महामारीले निर्धारित मितिमै सम्पन्न हुन नसकेपछि बल्ल आएर ओपनिङ गर्न लागिएको हो ।
मेकानिकल इन्जिनियर चिफ डिएन कायस्थले प्राविधिक पक्षबारे जानकारी दिंदै जापानको ‘निप्पन केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधि आफूहरुले यहाँ प्रयोगमा ल्याएको बताए ।
२ हजार ४ सय मिटर दूरी केवलकारबाट ८ देखि ९ मिनेटमै पुग्न सकिने छ । कम्पनीका अनुसार केवलकारको एउटा गोण्डोलामा ८ जनाको सिट क्षमता छ । १७ गोण्डोला यात्रुका लागि र १ गोण्डोला सामान ओसारपसार गर्न पयोग गरिनेछ ।
केवलकारबाट फेवातालसँगै सराङकोटबाट सूर्योदय, मनोरम हिमश्रृंखला, मनोरम पोखराको दृश्य अवलोकन गर्न सकिनेछ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप हुने छन् ।
फेवाताल किनारदेखि सराङकोटसम्म करिब २ किमीको दूरी केवलकारबाट करिब ८ मिनेटमै पुग्न सकिने छ
पोखरा र काठमाडौंका प्रतिष्ठित व्यवसायीको लगानी रहेको केवलकार बनाउन सुरुआतमा १ अर्ब ३० करोड अनुमान गरिएकोमा संरचना थप र संक्रमणकालीन समयका कारण लागत बढेको कम्पनीको भनाइ छ । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशतको लगानी छ ।
कम्पनीले नेपालीका लागि ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर शुल्क तोकेको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट सुविधा छ ।
केवलकार निर्माणले यहाँ नयाँ पर्यटकीय गन्तव्य थप्ने र आन्तरिक एवं बाह्य पर्यटनलाई धेरथोर प्रवद्र्धन गर्ने विश्वास पोखरेलीको छ । नेपालमा सञ्चालित मनकामना र चन्द्रागिरी केवलकार जस्तै भए पनि यो केवलकारमा नयाँ प्रविधि प्रयोग गरिएको दाबी प्रालिको छ । नेपालमै सबैभन्दा पहिले मनकामना केवलकार सन् १९९८ देखि संचालनमा आएको हो । कुरिनटार–मनकामना जोड्ने केवलकारको लम्बाइ २ हजार ७ सय ७२ मिटर छ । यस्तै, २०१६ देखि संचालित चन्द्रागिरी केवलकारको लम्बाई २ हजार ४ सय मिटर छ । यसले थानकोट–चन्द्रागिरी जोड्छ । यसैगरी, गण्डकी प्रदेशमै तनहुँको पर्यटकीय एवं ऐतिहासिक क्षेत्र बन्दीपुर पुग्न पनि बन्दीपुर केवलकार निर्माण भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
पर्वतीय महोत्सव तयारी
कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव
शिक्षक संगठनमा श्रीकान्त
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१