बागलुङ । ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ ।
पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले चालु आवमा रु दुई लाख ५० हजार बजेट छुट्टयाएको थियो । सोही बजेटबाट ८५ वर्षमाथिका सबै नागरिलाई सम्मान र सहायता सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रशासन सहायक जीत सुनारले बताउनुभयो ।
“यो गाउँपालिकाको नियमित कार्यक्रम नै हो, गत वर्ष कोभिडका कारण सामग्री वितरण गर्न सकिएको थिएन, अहिले वडा तहमै गएर प्रदान ग¥र्यौं”, उहाँले भन्नुभयो । गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले ज्येष्ठ नागरिकको सम्मानस्वरुप उपयोगी सामग्री प्रदान गरिएको बताउनुभयो ।
बजेटले भ्याएमा ८५ वर्षभन्दा कम उमेरका भए पनि द्वन्द्व प्रभावित र अतिविपन्न परिवारका ज्येष्ठ नागरिकलाई पनि फाइबर सिरक र टर्च लाइट प्रदान गरिने उहाँको भनाइ छ । उपाध्यक्ष पुनले ज्येष्ठ नागरिक सम्मानलाई बर्सेनि निरन्तरता दिइने उल्लेख गर्नुभयो । “उमेर बढ्दै जाँदा ज्येष्ठ नागरिकलाई आइपर्ने समस्यामा गाउँपालिका सहयोगी बनेको हो, ज्येष्ठ नागरिकमैत्री नीति, कार्यक्रम ल्याउन हाम्रो सधैँ पहल रहन्छ”, उहाँले भन्नुभयो । यहाँका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिलाई लक्ष्य गरी यस किसिमका सहायता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१