पोखरा । गण्डकी प्रदेश सरकारले महावीर पुनलाई विशिष्ट व्यक्ति (गण्डकी रत्न) सम्मानबाट गर्ने भएको छ । प्रदेश सरकारले चौथो वार्षिकोत्सव समारोहमा पुनलाई गण्डकी रत्नबाट सम्मान गर्ने घोषणा गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर विज्ञान र प्रविधिको विकासमा भूमिका खेलेको भन्दै कार्यक्रममा बुधबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले म्याग्दीका पुनलाई विशिष्ट व्यक्तिका रूपमा विभूषित गर्ने घोषणा गरेका हुन् ।
प्रदेश सरकारले प्रत्येक वर्ष ३ जनालाई ‘गण्डकी रत्न’बाट विभूषित गर्ने योजनासहित गत २६ पुसमा मन्त्रिपरिषद् बैठकबाट विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ पारित गरेको थियो । पहिलो वर्ष १ जनालाई मात्रै सम्मान गर्ने निर्णय गर्दै सिफारिस समितिले मन्त्रिपरिषद्मा पुनको नाम पठाएको थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुनको नाम अनुमोदन गरेको हो ।
पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रहरूको विकासित ताररहित प्रविधिको आविष्कारकका रुपमा परिचित छन् । उनको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले मान्यता दिएको छ ।
एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार प्राप्त गरिसकेका पुनलाई गण्डकी प्रदेशको वार्षिकोत्सबमा गण्डकी रत्नबाट सम्मान गर्ने घोषणा गरिए पनि पछि कार्यक्रम आयोजना गरी सम्मान गरिनेछ ।
आन्तरिक मामिला मन्त्रालयले ४ माघमा १५ दिने सूचना जारी गर्दै सम्मानका लागि आवेदन मागेको थियो । त्यसमा साहित्य, पर्यटन, खेलकुद, समाज सेवा, भाषा, संस्कृति क्षेत्रमा काम गरेको भन्दै ८ जनाले निवेदन दिएका थिए । विभूषणका लागि कास्कीका ३, स्याङ्जा र तनहुँका २/२ र लमजुङका १ जनाले आन्तरिक मामिला मन्त्रालयमा निवेदन दिएका थिए । तर, निवेदन नदिएका पुनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानलाई प्रदेशकै सर्वाधिक सम्मानको रुपमा व्याख्या गरेको गरिएको छ । सम्मानित व्यक्तिलाई सरकारले प्रदेश सभा सदस्य बराबरको हैसियत रहनेछ । सम्मानितलाई प्रदेश अस्पतालमा निशुल्क उपचार उपलब्ध गराउने, सम्मानित व्यक्ति जीवनको उत्तरार्धमा संरक्षण विहीन भएको खण्डमा निजको संरक्षणको दायित्व सरकारले लिने, सार्वजनिक सेवाको क्षेत्रमा सम्मानितलाई प्राथमिकता दिने, प्रदेशभित्रका विमानस्थलमा अति विशिष्ट कक्ष प्रयोग गर्न दिनेलगायतका सुविधा दिइनेछ ।
विशेष सुविधासहित सम्मानित पुनले प्रमाणपत्र र प्रदेश झल्कने लोगो पाउँछन् । ६.५ सेन्टिमिटरको व्यास भएको गोलो आकारको लोगोमा बाहिर पहिलो घेरामा ११ जिल्लाको प्रतीकात्मकस्वरूप ११ वटा कमलको पुष्पदल रहने छ । दोस्रो घेराभित्र माथि ‘गण्डकी प्रदेश सरकार’ र तल ‘गण्डकी रत्न’ लेखिएको हुन्छ । तेस्रो तथा भित्री घेराभित्र नदी (गण्डकी)को उद्गमस्थल एवं गण्डकी प्रदेशको पहिचान स्वरूप हिमाल र त्यसमाथि राष्ट्रिय झण्डा रहने प्रदेश सरकारले जनाएको छ । झण्डा र हिमालको भागमा सुन प्रयोग गरिने छ । यसमा ६.५ ग्राम सुन र १ सय २५ ग्राम चाँदी प्रयोग हुने कार्यविधिमा उल्लेख छ । यसको पछाडिपट्टिको भागमा वितरण गरिने साल उल्लेख गरिएको हुनेछ ।
त्यसबाहेक गण्डकी रत्नले विभूषित व्यक्तित्वलाई सार्वजनिक सभा समारोहमा प्रदेश सभा सदस्यसरह मान्यता र सुविधा दिने व्यवस्था कार्यविधिले गरेको छ । प्रदेश सरकार मातहत रहेका अस्पतालमा निशुल्क सुविधा हुनेछ । जीवनको उत्तरार्धमा संरक्षणहीन भएमा सम्मानित त्यस्ता व्यक्तिको दायित्व पनि सरकारले लिने छ । गण्डकी प्रदेशभित्र रहेका विमानस्थलको अति विशिष्ट कक्षको सुविधा पनि पाउने छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१