पोखरा । पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि पोखराका महिला पर्यटन व्यवसायीलाई डिजिटल अनलाइन सम्बन्धी तालिम प्रदान गरिएको छ । महिला पर्यटन व्यवसायी महिला मञ्च (ओटेफ)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा संघमा आबद्ध सदस्यलाई डिजिटल मार्केटिङ तालिम प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले प्रविधि मैत्री व्यवसाय अहिलेको आवश्यकता भएको जनाउँदै प्रविधिको सही प्रयोगबाट व्यवसायलाई प्रवद्र्धन गर्न सकिने धारणा राखे । उनले पछिल्लो समय अधिकांश पाहुनाले सोसल साइटको प्रयोग गर्ने भएकाले त्यसबारे व्यवसायीले आफ्नो सेवा सुविधा लगायतका विषयमा जानकारी दिनसके व्यवसाय प्रवद्र्धन हुँदै जाने बताए । उनले वर्तमान अवस्थामा अधिकांशको हातमै भइराख्ने मोबाइल एपको प्रयोगबाट संसार भर व्यवसायको बारेमा जानकारी दिन सकिने र तालिमपश्चात व्यवसायी महिलाले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो व्यवसायलाई मार्केटिङ गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङसम्बन्धी तालिम अपरिहार्य हुँदै गएको र घरमै बसेर प्रविधिको प्रयोगबाट विश्वव्यापी रुपमा व्यवसाय प्रवद्र्धनका लागि सघाउ पुग्ने बताए ।
नेपाल एसोसिएसन टुर्र एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले सहि समयमा सही निर्णयको आवश्यकता औंल्याउँदै समयानुकूल व्यवसायका लागि डिजिटल मार्केटिङको आवश्यकता माथि जोड दिए ।
संघका संस्थापक अध्यक्ष पार्वती पाण्डेले व्यवसायी महिलाको नेतृत्व व्यत्तित्व विकासका कार्यक्रमसँगै व्यावसायिक क्षमता विकासका लागि प्रविधिमैत्री तालिमको आवश्यकता महसुुस गरी तालिम प्रदान गरिएको बताए । उनले प्रतिस्पर्धाको युगमा गुणस्तर सेवा प्रवाहका लागि प्रविधिको उच्चतम र सहि प्रयोगको आवश्यकता र खाँचो औंल्याए ।
२ दिनसम्म चलेको तालिममा प्रशिक्षक पारस देवकोटा र उज्ज्वल पौडेले डिजिटल मार्केटिङका सैद्धान्तिक र व्यावहारिक प्रयोगको बारेमा प्रशिक्षण दिएको महासचिव ममता न्यौपानेले जानकारी दिइन् ।
तालिममा सहभागी विष्णु गुरुङ एकता, माया सुवेदी र लक्ष्मी सुवेदीले तालिमको अनुभव सुनाउँदै प्रविधिको युगमा व्यवसायलाई प्रविधिमैत्री बनाएर लैजानको लागि तालिम निकै फलदायी बनेको धारणा राखे ।
संस्थाका सचिव एवम कार्यक्रम संयोजक शर्मिला न्यौपानेले प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा संस्थाका ५० जना व्यवसायी महिलाको तालिम प्रदान गरिएको जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
पर्वतीय महोत्सव तयारी
कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव
शिक्षक संगठनमा श्रीकान्त
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१