व्यक्तिगत लगानीमै कोल्ड स्टोर

धनबहादुर गुरुङ
फागुन ३, २०७८
Cold Store Photo

पोखरा । हेमजाका एकबहादुर केसीले बर्सेनि ४ सय क्विन्टल आलु फलाउँछन् । उत्पादित आलुमध्ये लगभग ४० प्रतिशत कुहिएरै जान्थे । एक सिजनमा उनको बारीमा फलेका आलु स्याहार्न नजानेकै कारण १ सय किलोभन्दा बढी घाटा लाग्थ्यो । भण्डार समस्याकै कारण उनले बर्सेनि घाटा व्यहोर्छन् । ‘हेमजा आलु गाउँबाट परिचित छ यहाँ उत्पादन भएका आलु स्टोर गर्न काठमाडौं पुग्नुपर्छ,’ उनले भने, ‘मालेपाटनमा एउटा कोल्डस्टोर छ तर त्यस्ले धान्दैन हामीले घरमै राख्दा आधा जति कुहिएरै जान्छ ।’ आफ्नै घर राख्दा टिनको राप अनि सिमेन्टको चिसोले गर्दा आलु कुहिने कारण कोल्ड स्टोरको तत्काल आवश्यक रहेको उनको भनाइ थियो ।
कार्कीको ७ जनाको परिवारमध्ये ३ जना खेती किसानीमै तल्लीन रहन्छन् । १ छोरा र २ छोरीको पढाइ खर्च उनले तरकारी बचेरै धानेका थिए । नेपाल पुलिसबाट रिटायर्ड भएपछि ५८ सालदेखि उनी कृषिमा होमिएका हुन् । उनलाई पेन्सनभन्दा पनि तरकारी बालीबाट भएको कमाइले आनन्दित बनाउँथ्यो । ‘यतिका वर्ष काम गरियो पेन्सन भन्दा यहींको कमाइले खुसी मानेको थिए,’ उनले भने, ‘बर्सेनि आलु कुहिएर जाँदा मन कुडिन्छ ।’ उनले किसानको मर्म सरकारले बुझ्नुपर्ने बताउँछन् । ‘हामीलाई यत्रो नोक्सान हुन्छ, सरकार खै कता छ,’ उनले भने, ‘हेमजामै सरकारले अलि ठूलो परिणाममा आलु राख्न मिल्ने गरी कोल्ड स्टोर बनाईदिए धेरै राहत हुन्थ्यो ।’
हेमजाका किसानहरुले कोल्डस्टोरका लागि सरकार पनि नगुहारेका हैनन् । सरकारले पनि राख्ने भनेको थियो तर जग्गा नपाएका कारण सम्भव भएको थिएन् । विविध समस्या भएपछि सरकार पछि हटेको अवस्थामा हेमजामा अहिले व्यक्तिगत लगानीमै शीतभण्डार स्थापना भएको छ । स्थानीय धनबहादुर थापाले करिब ८ करोड ५० लाखको लागतमा भण्डार सञ्चालनमा ल्याएका हुन् । थापा र उनका छोरा सफल थापाको नाममा हेमजा एग्रो फार्म प्रालि स्थापनागरी फागुन १ गतेदेखि स्टोर सञ्चालनमा आएको हो । हेमजा क्षेत्रमा उत्पादित तरकारीलाई स्टोर गरी बजारसम्म पु¥याउने उद्देश्यका साथ १ हजार २ सय ५० टन भण्डारण गर्न सक्नेगरी ६ वटा च्याम्बर सञ्चालनमा ल्याएको थापाले जानकारी दिए । ‘हामीले उच्च प्रविधिको कोल्डस्टोर सञ्चालनमा ल्याएका छौं जहाँ दैनिक उत्पादन हुने फलफूल तथा तरकारी राख्न सक्छौं,’ उनले भने, ‘माइनस २० डिग्रीसम्मको च्याम्बर छ जहाँ भ्याक्सिन पनि भण्डारण गर्न सकिन्छ ।’ स्थानीय किसानलाई प्राथमिकता दिंदै १ किलो सामान ४ महिनासम्म स्टोर गर्दा १० देखि १२ रुपैयाँ लिने उनले सुनाए । साथै आफैंहरुले पनि स्टोर गरिएका सामान प्याकेजिङ गरेर बजारसम्म पु¥याउने लक्ष्य लिएको उनको भनाइ थियो ।

कोल्ड स्टोरमा १ किलो सामान ४ महिनासम्म स्टोर गर्दा १० देखि १२ रुपैयाँ लाग्नेछ

सरकारी पक्षबाट कोल्डस्टोर बनाउने कुरामा कचिलो भइरहँदा व्याक्तिगत लगानी मै स्थापना हुँदा किसान एकबहादुर कार्की निकै खुसी छन् । यसपटक रोपनीमा आलु लगाएका कार्कीले यो पटक ६ सय टन उत्पादन लिने लक्ष्य राखेका छन् । घर नजिकै स्टोर स्थापना भएपछि यो वर्ष आलु कुहिएर नजानेमा ढुक्क छन् । ‘अब हेमजालीका लागि धेरै सहज हुन्छ,’ उनले भने, ‘अब त खेतबाट बोरा बोकेरै आए पनि धेरै टाढाको कुरा भएन ।’
यता पोखरा महानगरले कोल्डस्टोर भन्दा पनि कोल्ड रुममा ध्यान दिएको महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । पोखराभित्र ४ स्थानमा करिब ३ हजार किलो फलफूल तथा तरकारी अट्ने कोल्ड रुम बनाएको उनले जानकारी दिए । महानगरले फार्मर्स मार्केट अन्तर्गत खपौदी, बिरौटा, अमरसिंहचोक र काहुँखोलामा कोल्ड रुम बनाएको छ । यसमा आलु भण्डारण गर्न नसकिने भएकाले पश्चिमाञ्चल कोल्ड रुम र प्रदेशको सहयोगमा बनेका ठूला कोल्ड स्टोरमा व्यवस्था गरिएको उनको भनाइ छ । जसका लागि महानगरले किसानलाई सहयोग गर्दै आएको छ । ‘निजी रुपमा खुलेका स्टोरहरुले पैसा त लिनुहुन्छ हामीले किसानले तिर्नुपर्ने रकममा सहयोग गछौं,’ उनले भने, ‘कोल्डस्टोरमा राख्ने किसानलाई यो वर्ष बिउ राख्ने प्रायोजनका लागि ५० प्रतिशत र खाने प्रयोजनका लागि कोल्ड स्टोरमा राख्दा लाग्ने रकमको २५ प्रतिशत अनुदान सहयोग गरेका छौं ।’

Related News

सम्बन्धित समाचार

  • देशभरका कानून व्यवसायी पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाल बार एसोसिएसनले न्यायपालिकामा पुनर्संरचनाको माग अघि सारेको छ । नेपाल बार एसोसिएसनको सोमबारदेखि सुरु हुने ५० औं…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…

hero news full width