पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको २९ औं वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभा ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा नारायणप्रसाद अधिकारीले गरे । उनले आश्रमस्थललाई पूर्वीय दर्शनको अध्ययन अध्यापन गराउने स्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । शान्ति आश्रमसँगै यहाँस्थित राधाकृष्ण मन्दिर र गुरुकुललाई एकसाथ अघि बढाउनुपर्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग आवश्यकता औंल्याए ।
पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले मन्दिर, आश्रम र गुरुकुललाई एक आपसमा समन्वय गर्दै अघि बढाउनुपर्ने बताए । गुरुकुलमा विद्यार्थी संख्या कम हुँदा रकम तथा सहयोग माग्न पनि समस्या हुने गरेको उल्लेख गर्दै उनले समय सापेक्ष रुपमा शैक्षिक गुणस्तरीयता अभिवृद्धि गर्नुपर्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले गुरुकुल, मन्दिर र आश्रम एकअर्काका परिपूरक भएको बताउँदै यी ३ वटै संस्थाको विकास गर्नुपर्ने धारणा राखे । राधाकृष्ण मन्दिरमा विशिष्ट योगदान गरेको भन्दै मन्दिर व्यवस्थापन समितिका पूर्व सदस्य दिव्यरमण अर्याल, पूर्व सह अध्यक्ष कृष्णप्रसाद अधिकारी र पोखरा २५ स्थायी बसोबास भई हाल राधाकृष्ण मन्दिरमा बसोबास गर्दै आएकी धर्मदाशी अधिकारीलाई सम्मान गरिएको थियो ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम सञ्चालन समितिका सह अध्यक्ष गणेशबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव घनश्याम खनालले गरेका थिए । कार्यक्रममा समितिका उपाध्यक्ष मिलाकुमारी थापाले स्वागत गरेकी थिइन् । कार्यक्रममा नेपाल भारत मैत्री संघका सल्लाहकार हरिराम पौडेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, राधाकृष्ण संस्कृत गुरुकूल विद्यालयका अध्यक्ष हरिभक्त सिग्देल, उज्वल आमा समूहका अध्यक्ष पवित्रा अधिकारी, समितिका कोषाध्यष पूर्णराज बोहोरा, दिव्यरमण अर्याल, रामचन्द्र थापा, धर्मराज भण्डारी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१