पोखरा । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टरअन्तर्गत गण्डकी प्रदेश विकास बैंक फोरमको गठन भएको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका कार्यसमिति सदस्य तथा ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले गरिमा विकास बैंकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीलाई संयोजक र ग्रीन डेभलपमेन्ट बैंकका सुशील पौडेललाई सहसंयोजक चयन गरेको छ । सदस्यहरु ज्योति विकास बैंकका विशाल लामिछाने, कामना सेवा बैंकका शिवकुमार ढकाल, लुम्बिनी विकास बैंकका बलवहादुर ढकाल, महालक्ष्मी बैंकका गणेशप्रसाद आचार्य, मुक्तिनाथ विकास बैंकका शंकर केसी, सांग्रिला बैंकका रेवन्त श्रेष्ठ र साइन रेसुंगा बैंकका नमराज बराल रहेका छन् ।
ग्रिन बैंकका कार्यकारी अधिकृत आचार्यले विकास बैंकहरुको साझा व्यावसायिक समस्या, आफ्ना प्रदेशभित्र भएका र गर्नुपर्ने विभिन्न गतिविधिहरुलाई संस्थागत रुपमा डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा पठाउने, सम्बन्धित कार्यालयसँग समन्वय गर्नका लागि केन्द्रीय स्तरमा विभिन्न विभागहरुका विभागीय उपसमिति गठन गरिएको बताए । उनले सोहीअनुरुप विभिन्न प्रदेशहरुमा प्रदेश विकास बैंक फोरमको गठन गर्ने कार्यको थालनी गरिएको बताए । नवनिर्वाचित संयोजक भोलाप्रसाद तिवारीले गण्डकी प्रदेश भित्र रहेका सम्पूर्ण विकास बैंकका समस्या तथा चुनौतीलाई संस्थागत रुपमा सम्बोधन गर्न नेपाल राष्ट्र बैंक, डेभलपमेन्ट वैंकर्स एसोसिएसन तथा अन्य निकायहरुमा समन्वय गरिने उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा
ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता
ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता
ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान
ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१