पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले वन संरक्षणमा वन प्राविधिकहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रजातान्त्रिक वन प्राविधक संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन कार्यक्रमलाई उद्घाटन गर्दै उनले नेपालमा अनावश्यक रुपमा वन फडानी भइरहेको र यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।
‘अनावश्यक रुपमा वन फडानी हुँदा प्राकृतिक विपत्तिजस्ता समस्या आइरहेका छन्’, उनले भने, ‘हरियो वन नेपालको धन केवल नारामा मात्रै सीमित रहेको छ, यसको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता छ ।’ मन्त्री थापाले प्रदेश सरकारले वन संरक्षणसम्बन्धी ऐन निर्माण गर्ने तयारी गरिरहेको र संघीय सरकारको केही झन्झटिलो नीति नियमका कारण रोकिएको बताए । उनले वनलाई विकास निर्माण र देशको समृद्धिसँग पनि जोड्नुपर्नेमा जोड दिए ।
मन्त्री थापाले वनले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । सामुदायिक वनको संरक्षणले नेपालमा पाइने दुर्लभ वन्यजन्तुमा ह्रास नआउने र अवलोकनका लागि पर्यटकहरुको आगमन बढ्ने उनको विश्वास थियो । उनले वन प्राविधिकहरुको समस्या न्यूनीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘वन प्राविधिकहरुलाई परेका समस्याको न्यूनीकरणमा प्रदेश सरकार प्रतिबद्ध छ ।’
मन्त्री थापाले विकास विरोधी वन ऐनका कारण कतिपय काठहरु वनमा नै कुहिएर नाश हुने अवस्था रहेको बताए । उनले वनसम्बन्धी ऐनलाई नै संशोधन गरी विकास अनुरुप बनाउनुपर्ने बताए । ‘विकास विरोधी ऐनका कारण वर्षौंदेखि वनमा आफैं ढलेका रुखहरुलाई काठका रुपमा परिणत गरी विकास आयोजनामा प्रयोग गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘भारतबाट काठ आयात गर्नुपर्ने अवस्था छ । यस्ता ऐन कानुन संशोधन हुनुपर्छ ।’ वनलाई संरक्षण गर्दै पुराना रुखहरुलाई काठको रुपमा परिणत गरी विकास निर्माणमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१