पोखरा । केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का सांसद डा. बाबुराम भट्टराईले गोरखालाई २ जिल्ला बनाउनुपर्ने विचार राखेपछि हलचल मच्चियो । उनले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताएका थिए । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभाग भन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बनाउनुपर्ने विचार भट्टराईको थियो ।
अहिले त्यहाँका स्थानीय राजनीतिक दलहरुले पनि जिल्ला टुक्र्याउने निर्णय गरेका छन् । सर्वदलीय बैठक बसेर सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरुको भेलाले धार्चे र चुमनुब्रीलाई छुट्टै स्वायत्त जिल्लाको रुपमा घोषणा गर्नुपर्ने माग राखेका हुन् । यसका लागि दुई पालिकाको छुट्टाछुट्टै समन्वय समिति गठन भएको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा ४ सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो ।
धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ एजेन्डा सही भए पनि उचित समय नभएको बताउँछन् । ‘भूगोल र सामरिक हिसाबले छुट्टै जिल्ला चाहिएको छ । तर चुनावको मुखमा यो सही समय होइन,’ उनले भने, ‘जिल्ला टुक्र्याउनका लागि मात्रै संविधान संशोधन गर्नु उपयुक्त हुँदैन । अरु एजेन्डा भएका बेला यसलाई पनि छिराउँदा राम्रै हुन्छ ।’ केही व्यक्तिहरुले राजनीतिक स्टन्डका रुपमा जिल्ला फुटाउने मसला फालेको उनको आरोप छ ।
धार्चे र चुमनुब्रीले ५० प्रतिशत भन्दा धेरै भूगोल ओगटेको भए पनि त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास राम्रोसँग हुन नसकेको ठहर स्थानीयको छ । ‘यो क्षेत्र धेरै पिछडियो । सकेसम्म छुट्टै जिल्ला भए राम्रो नभए पनि विशेष संरक्षित क्षेत्रको रुपमा यसको विकास गर्नुपर्छ,’ चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘संविधानमा स्वायत्त क्षेत्रको पनि परिकल्पना छ । हामी छुट्टिएर बस्नेभन्दा विकास खोजेका हौं ।’
गोरखाको ३ हजार ६ सय १० वर्गकिलोमिटर क्षेत्रफलमध्ये २ हजार ३ सय वर्गकिलोमिटर २ गाउँपालिकाले मात्रै ओगटेका छन् । तर जनसंख्या भने निकै कम छ । २ पालिकाको जनसंख्या जम्मा २० हजार १ सय ५२ छ । जिल्लाभरिको जनसंख्या भने २ लाख ७२ हजार १ सय ६९ छ । सबै हिसाबले छिमेकी जिल्ला मनाङभन्दा ठूलो हुनेछ । मनाङको क्षेत्रफल २ हजार २ सय ४६ वर्गकिलोमिटर र जनसंख्या ६ हजार ५ सय ३८ मात्रै छ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१