कांग्रेस बैदामको ३ नम्बर टोलमा विकास

आदर्श समाज सम्वाददाता
फागुन १, २०७८
Baidam congresss

पोखरा । नेपाली कांग्रेस पोखरा ६ स्थित ३ नम्बर टोल समितिको सभापतिमा विकास लामिछाने सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित सभापति लामिछाने टोलभित्रका सबै कांग्रेसीहरुलाई गोलबन्द गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले विगतका तुलनामा कांग्रेसको जनलहर बढ्दै गएको स्पष्ट पारे ।
टोलको उपसभापति गीतादेवी पहारी र विपीन पौडेल, सचिव शारदा लम्साल, कोषाध्यक्ष सन्देश दहाल र सहसचिव आलोक पहारी चयन भए । सदस्यहरु उमा लामिछाने, निर्मला बोगटी, भुपाल भित्राकोटी, विमल थापा, हेमराज पराजुली र दिवश लामिछाने छन् ।
बैदाम क्षेत्रमा रहेका स्कुलपाटन, समिको पाटन, किमबारी र बाराही चोकलाई गोलबद्ध गरी टोललाई ३ नम्बर नामाकरण गरिएको सचिव प्रकाश न्यौपाने जानकारी गराए । शनिबार नै इकाइ ६ बैदामले टोलमा रहेका ज्येष्ठ नागरिक सदस्यलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले पार्टीको सबैभन्दा महत्वपूर्ण मेरुदण्ड टोल समिति भएको बताए । आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको तयारीको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेुपर्ने उनको भनाइ थियो ।
कास्की कांगे्रसका स.सचिव तथा वडा प्रतिनिधि शंकर ढुंगानाले नेपाली कांग्रेसको हालको नीति नै पार्टी मजबुद बनाउने रहेकाले संगठनलाई सक्रिय बनाउने योजना रहेको बताए । उनले टोल समितिमार्फत नै पार्टीलाई बलियो बनाउँदै कांग्रेसलाई देशको अगुवा पार्टी बनाउन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेस पोखरा ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने बताए । उनले चुनावमा कांग्रेसका उम्मेदवारहरुलाई आफ्नो एजेन्डासहित मतदाताहरुको घरमा गई बुझाउन सकेमात्र जीत सुश्चित हुने सुझाव दिए ।
टोल सभापति प्रभा पौडेल सुवेदीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रतिनिधि देवेन्द्र केसी, नगर सचिव गणेशबहादुर थापा, पूर्व महिला संघ सभापति अन्नपूर्ण कुँवर, बैदाम ६ का नेविसंघं सभापति विष्णु पहारी, क्षेत्रीय प्रतिनिधि बलराम गिरी र सल्लाहकार तेजनारायण पराजुली लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…

hero news full width

trending post

ट्रेन्डिङ्ग