स्याङ्जा । स्याङ्जाको बाड्खोला मुस्लिम समाज पुतलीबजार नगरपालिका–३ ले फेदीखोलामा रहेको अमोस सेवा नेपालमा रहेका २७ बालबालिकाहरुलाई शैक्षिक सामग्री, खाद्यान्न र नगद हस्तान्तरण गरेको छ । शैक्षिक सामग्री हस्तान्तरण गर्दै स्याङ्जा बाड्खोला मुस्लिम समाजका अध्यक्ष सैदुदिन मियाँले अनाथ बालबालिकाहरुलाई र गरिब दिन दुखी बालबालिकाहरुलाई खुलेर सहयोग गर्नुपर्ने बताए । उनले ईस्लाम धर्मले नै गरिब जेहन्दार बालबालिकाहरुलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने बताए अनुरुप सहयोग गरिएको जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा पुतलीबजार नगरपालिका–३ का वडा सदस्य अली मोहम्मद र नुरी ईस्लामिक विद्यालय पुतलीबजार नगरपालिका–३ का अध्यक्ष अली मियाँ मुमु लगायतले बोेलेका थिए । शैक्षिक सामग्री ग्रहण गर्दै अमोर सेवा नेपाल बालगृहकी अध्यक्ष कमला पराजुलीले सहयोगी हात स्याङ्जा बाड्खोला मुस्लिम समाजलाई धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालन सचिव इकबाल अलीले गरेका थिए । लामो समयदेखि छिमेकी जिल्लाहरुमा समेत सहयोग उपलब्ध गराएको स्याङ्जा बाड्खोला मुस्लिम समाजले जनाएको छ । मुस्लिम समाजले आउने पिँढीलाई असल चरित्र निर्माणका लागि जानकारीसहित विभिन्न सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेको नुरी ईस्लामिक विद्यालयका अध्यक्ष अली मियाँ मुमुले बताए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१