माघ । शिक्षासेवी मोहनप्रसाद पौडेलको कविता कृति आदर्श जीवन शनिबार एक समारोहबीच लोकार्पण भएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले कृति लोकार्पण गर्दै पौडेलका कवितामा जीवन जिउने कला पाइने बताए । बाबाले हामी नेपाली संस्कार, संस्कृति र सम्पदाका धनी भएकाले यसलाई माली भएर संरक्षण गर्नुपर्नेमा पौडेलका कविताको जोड रहेको धारणा राखे ।
पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले आफ्नो सेवानिवृत्त जीवन साहित्य र समाजप्रति अर्पण गरेर आदर्श जीवनयापन गरी आदर्श समाजको कल्पना गरेको औंल्याए । पौडेलले विश्वविद्यालयको डिग्रीलाई मात्र प्राथमिकता दिँदा हाम्रो भान्साको पाक, आरने दाइको आँसी र खुकुरी कला कहिल्यै विश्वविद्यालयको इन्जिनियरिङमा नपरेकोमा चिन्ता व्यक्त गरे ।
कृति समीक्षा गर्दै समालोचक असफल गौतमले पौडेलको शैक्षिक, सामाजिक र आध्यात्मिक व्यक्तित्वसँगै साहित्यिक व्यक्तित्व थपिएको बताए । कविताका सन्दर्भमा असफलले हामी हेर्र्दा सबै राम्रै राम्रा हुँदाहुँदै पनि समाज किन नरामो लयमा अगाडि बढिरहेको छ अब सबैले आत्मसमीक्षा गरेर अगाडि बढौं भन्ने सन्देश कविताले दिएको धारणा राखे ।
स्रष्टा मोहनप्रसाद पौडेलले सबैको सहयोगले कृतिले रूप पाएकाले कमी कमजोरीलाई औंल्याएर आगामी दिनमा थप प्रेरणा दिनका लागि आग्रह गरे ।
स्रष्टा परिचय राख्दै दुर्गा गौतमले पौडेललाई सिर्जनशील व्यक्तित्वका रुपमा परिचित गराइन् । उनले २००१ सालमा घार्मीमा जन्मेका पौडेल लामो समय शिक्षण सेवामा आवद्ध रहेर सेवानिवृत्त जीवन समाजसेवा र साहित्यसेवामा लागेका स्रष्टाका रूपमा चिनाइन् ।
शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलले ७७ वर्षको उमेरमा साहित्य साधनामा लागेका मोहनप्रसाद पौडेललाई पछिल्लो पुस्ताका प्रेरणाको स्रोत र प्रतिष्ठानको गौरवका रुपमा रहेको औंल्याए ।
कार्यक्रममा साहित्यकार रोशन तिमिल्सिना, संस्थाका पूर्व अध्यक्ष कुलबहादुर केसी, इन्दु भट्टराई, समाजसेवी ऋषिराम सापकोटा, कृतिका प्रकाशक जयराम पौडेललगायतले पौडेलको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१