तालबेंसीमा मौरीपालन तालिम

आदर्श समाज सम्वाददाता
फागुन १, २०७८
mauri

पोखरा । पोखरा २६ स्थित तालबेंसीको कृषि सञ्जालको आयोजनामा सञ्चालित आधारभूत मौरीपालन तालिम समापन भएको छ । ३ दिनसम्म चलेको तालिममा २४ जना सहभागी थिए । स्थानीय मिलिजुली ताजा तरकारी किसान समूह र औला खोर ढले पीपल किसान समूहका सदस्यले लाभ लिएको सञ्जालका संयोजक धर्मदत्त पौडेलले बताए ।
पोखरा २६ का अध्यक्ष नारायणप्रसाद बरालले तालिमको समापन गर्दै तालिमबाट सिकेका कुरा आफ्नो घर परिवारसहित आफ्नो टोलमा समेत सिकाउन आग्रह गरे । सञ्जालका संयोजक धर्मदत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गार्डेन सिटी बि फार्मिङका प्रोपाइटर टेकमान गुरुङ, सञ्जालका सदस्य बद्रीनाथ भण्डारीलगायतले बालेको प्रशिक्षक मिलन गुरुङले बताए ।
तालिममा सहभागीहरुलाई दाताराम चापागार्इं, कमलबहादुर रानामगर, मीलन गुरुङ, मञ्जु पौडेल, गोमा बरालले प्रशिक्षण दिएका थिए । उक्त सञ्जालबाट ५० प्रतिशत सहुलियतमा मौरी घारसमेत वितरण गरिएको मीलन गुरुङले जनाए ।

Related News

सम्बन्धित समाचार

  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…
  • राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा गत वर्ष नेपालमै पहिलोपल्ट सुन्तला महोत्सव भयो । उक्त महोत्सवले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा उत्तिकै चर्चा पायो ।…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • विदेश छोडेर कागती खेती

    रामकुमार श्रेष्ठ कार्तिक ७, २०८१
    नवलपुर । कावासोती नगरपालिका १७, गोछडाटार निवासी सागर लम्साल विदेशको जागिर छाडेर स्वदेशमै एक बिगाहा क्षेत्रफलमा कागती खेती गरेर रमाएका…
  • चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

    रासस कार्तिक ६, २०८१
    दमौली । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न…

hero news full width