जैन मुनिको सर्वाेदय शान्ति पदयात्रा

आदर्श समाज सम्वाददाता
फागुन १, २०७८
jain muni newss

पोखरा । डा.मणिभद्र मुनि महाराज र विराज मुनि महाराजको पोखरादेखि डिल्लीसम्मको सर्वाेदय शान्ति पद यात्रा सुरु भएको छ । वर्षावाससहित ५ महिना पोखरा बसाइँपछि मुनिहरु भारततर्फ जान लागेका हुन् । यस अघि उनीहरु भारतको आसाम सिलगडीदेखि पैदल यात्रा गर्दै पोखरा आएका थिए । विश्वशान्तिको सन्देश पैmलाउने लक्ष्यसहित ११ वर्ष अघि शान्ति पदयात्रा सुरु भएको थियो ।
दिल्ली प्रस्थान सुरु गर्नु अघि जैन स्थानक भवन पोखरामा शनिबार बिहान आयोजित कार्यक्रममा विभिन्न महानुभावले पद यात्राको सफलताको कामना गरे । कार्यक्रम संयोजक शंकर पाण्डेले पदयात्रा मात्रा नभएर मानसिक र आध्यात्मिक यात्रा भएकोले यस यात्रा सबैका लागि फलदायी हुने बताए ।
नेपाल कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सन्तहरुको जीवन समाज सेवामै समर्पित रहने बताए । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जैन मुनिको पोखरा बसाइँमा धेरै आध्यात्मिक तथा मानव सेवाको ज्ञान प्राप्त भएको उल्लेख गरे ।
ब्रह्माकुमारी अप्सराले एकै स्थानमा रहेर साधु सन्तहरुको अभीष्ट पूरा नहुने भन्दै सत् ज्ञानको प्रचारमा लागिरहनुपर्ने बताइन् । आशीर्वचन प्रदान गर्दै डा.मणिभद्र मुनि महाराजले पोखरा बसाइँ सुन्दर भएको र मानव सेवाका कार्यमा धेरैको सहयोग प्राप्त भएकोमा आभार व्यक्त गरे । उनले जसरी नदीहरु बगेर पवित्र हुन्छन् त्यसरी नै यात्राले मानवलाई पवित्र बनाउने बताए । कार्यक्रमको सञ्चालन मानवमिलन अन्तर्राष्ट्रिय महिला विभागकी सचिव सावित्री शर्माले गरेकी थिइन् ।
जैनमुनिहरुको साथ भक्तहरुको समूह पैदल यात्रा पोखरा बिरौटा, छोरेपाटन फुस्रेखोला, कुभिण्डे, सर्केटारी हँुदै बुधबार अपरान्ह स्याङ्जा आरुखर्क पुगेको थियो । डा.मणिभद्र आफ्नो जन्मस्थल आरुखर्कमा केही दिन रहेर त्यतैबाट भारततर्पm लाग्ने मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width