आठ वर्षमा २० प्रतिशतमात्रै काम सम्पन्न

रासस
माघ २९, २०७८

डोटी । डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न सक्ने भनेर सम्झौता गरिएको भए पनि ठेकेदारको लापरवाहीका कारण उक्त पुलको अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको सो पुल हालसम्म २० प्रतिशतमात्रै काम सम्पन्न भएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेले जनाएको छ ।

विसं २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआइसिंह राजमार्गसँग जोड्ने पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । तीनवर्षे पहिलो ठेक्का सम्झौता अवधि सकिएर चारपटक म्यादसमेत थप भइसक्दा पनि काम सम्पन्न नभएको भन्दै यहाँका नागरिक आक्रोशित भएको स्थानीयवासी तथा नेकपा (एकीकृत समाजवादी) का नेता इन्द्र बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनाउन दिएको समय सकिइसक्यो, पटक–पटक म्याद थप्दा पनि पुलको काम गर्दैन, सम्बन्धित निकाय पनि वास्ता गर्दैनन्, काम नगर्नेलाई कारबाही गरिनुपर्छ ।”

उहाँका अनुसार हालको सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत मसान्तसम्म छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु २६ करोड २० लाख लागतमा निर्माण हुने भनिएको ३२० मिटर लामो उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जीनियर योगेन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठेकेदारले कोरोना सङ्क्रमणका कारण कामदार नपाएको भन्दै बहना बनाउँदा काम सञ्चालन हुनसकेको छैन ।

डिभिजन सडक कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म रु तीन करोड २१ लाख भुक्तानी लिइसकेको छ । पुल निर्माण सुरु भएपछि आफूहरू पनि सडक सञ्जालमा जोडिने आशामा बसेका यहाँका स्थानीयवासी निराश भएका अर्का स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण होला र राजमार्गसँग जोडिउँला भन्ने हाम्रा सपना सबै खरानी भए, पुल बन्ने छाँटकाँट देखिएन ।”

उता पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभीले फाउण्डेशनमा समस्या भएका कारण काममा ढिलाइ भएको जिकिर गर्दै आएको छ । निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगरप्रमुख भएका कारण पनि उहाँलाई कसैले पनि कारबाही गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…

hero news full width