पोखरा । बाराही बेकरीको तेस्रो शाखा पोखरा ११ फूलबारीस्थित मनिपालमा सञ्चालन भएको छ । ७० लाख लगानीमा सञ्चालनमा आएको शाखाको शुक्रबार पोखरा उद्योग वाण्ज्यि संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले उद्घाटन गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रजापतिले छोटो समयमा नै बेकरीले तेस्रो शाखा बिस्तार गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । उनले पोखरा उद्योग वाणिज्य संघका पूूर्व अध्यक्ष विश्वशंकर पालिखेका पालामा पोखराले विकास निर्माण तथा सामाजिक क्षेत्रमा मुहार फेर्न सफल भएको उल्लेख गरे ।
बेकरी सञ्चालक सुनयना पालिखेले करिब डेढ वर्ष अगाडि कोरोना कालमा बेकरी व्यवसाय सुरु गरेको भन्दै उनले ग्राहकहरुको मायाका कारण छोटो समयमा नै आफूहरुले तेस्रो शाखा बिस्तार गर्न सफल भएको बताइन् । बेकरीमा हालसम्म ३ करोडभन्दा बढी लगानी भएको उल्लेख गरिन् ।
पोखरा उद्योग वाण्ज्यि संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले बाराहीले बेकरीको क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले शाखा बिस्तारले थप रोजगारीको वातावरण सिर्जना गरेको बताए ।
बेकरीका यसअघि पोखराको लेकसाइड र न्युरोडमा शाखा सञ्चालन भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१