पहिलो पल्ट प्रदेशस्तरको पारा खेलकुद

आदर्श समाज सम्वाददाता
माघ २९, २०७८
Para Gandkai Sports News

पोखरा । पोखरामा प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता सुरु भएको छ । २ दिनसम्म पोखरामा रंगशालामा संचालन हुने प्रतियोगितामा १ सय ३२ खेलाडी सहभागिता जनाएका छन् ।
प्रतियोगिताअन्तर्गत पारा खेलकुदका ७ खेल हुने प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य तथा प्रतियोगिता संयोजक अमृत बरालले जनाए । उनका अनुसार प्रतियोगितामा बोसिया, बहिरा व्याडमिन्टन महिला तथा पुरुष, बौद्धिक अपांगताका लागि दौड प्रतियोगिता, अप्टिजम अपांगताका लागि दौड, मनोसामाजिक अपांगताका लागि म्युजिकल चियर र शारीरिक अपांगता भएका व्यक्तिहरुका लागि ह्विल चियर बास्केटबल हुनेछन् ।
प्रतियोगिता उद्घाटन गर्दै परिषद् सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेशमा पहिलो पटक आयोजना भएको पारा खेलकुदलाई व्यवस्थित बनाउन परिषद्ले वार्षिक रुपमा नै कार्यक्रम तय गर्ने बताए ।
पहिलो दिन पुरुषतर्फ दृष्टिविहीन टि–२० क्रिकेटमा गण्डकी रेड १६ रनले विजयी भयो । कास्की ब्लुविरुद्ध टस जितेर व्याटिङ रोजेको गण्डकी रेडले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । गण्डकी रेडका (वि–टु) सूर्य भट्टराईले नट आउट रहँदै ३७ रन बनाए भने (वि–वान) प्रमोद दाहालले ३७ र (वि–वान) का राम गुरुङले २० रनको योगदान दिएको अफिसियल रिजन प्रजुले जानकारी दिए ।
यस्तै, कास्की ब्लुका (वि–टु) प्रेमले १ विकेट हात पारे पनि अन्य ५ खेलाडी भने रन आउट भएका थिए । १ सय ७४ रनको विशाल स्कोर पछ्याउनेक्रममा कास्की ब्लुले ६.२ ओभरमा ५८ रन जोडेकोमा वर्षाले खेल स्थगित हुँदा डिएल मेथडमा भने गण्डकी रेड विजयी भयो । कास्की ब्लुका (वि–टु) दुर्गा पौडेलले १२ र (वि–वान) दुर्गा पौडेलले १२ रनमात्रै जोड्न सके । गण्डकी रेडका सूर्य भट्टराईले २ र प्रमोद दाहालले १ विकेट हात पारे ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width