पोखरा । पोखरा महानगरपालिकाको १० औं नगरसभा जनप्रतिनिधिको छलफलबिनै सकिएको छ । २ दिनसम्म तय गरिएको नगरसभामा जनप्रतिनिधिलाई छलफलमा सहभागी हुन नदिई पहिलो दिन शुक्रबारै सकिएको हो ।
सो कार्यपछि विपक्षीहरु रुष्ट बनेका छन् । नगरसभा सुरु भएको दोस्रो दिन जनप्रतिनिधिका गुनासो अथवा सुझावको सुनुवाइ गर्ने भनिए पनि नगर प्रमुख मानबहादुर जिसीले पहिलो दिनमै नगर सभा सकिएको घोषणा गरेको पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले बताए ।
बोल्ने पालो कुरेर बसेका जनप्रतिनिधि जिल्ल परेको उनको गुनासो छ । ‘मैले हिजोदेखि बोल्न पर्ने केही बुँदा टिपोट गरेर राखेको थिएँ,’ बास्तोलाले भने, ‘मलाई बोल्न दिन पनि भनिएको थियो तर एकैपटक कार्यक्रम सकिएको घोषणा गरियो ।’ कार्यक्रमस्थलमा उपप्रमुखसमक्ष पटक–पटक बोल्न पाउनुपर्ने माग गर्दा ‘हुन्छ’ भन्ने आश्वासन दिए पनि अन्तिममा झुक्याएको उनले बताए । यो अलोकतान्त्रिक कदमले सभा संचालन गर्ने विपक्षी दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको लोकतन्त्रको खिल्ली उडाएको उनको ठहर छ । बहुमतमा नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि रहेकोमा विपक्षीको गुनासोप्रति बेवास्ता गरिएको उनले आरोप लगाए । ‘नगरसभाका सदस्य सचिव अर्थात् महानगरका कार्यकारी अधिकृत बलराम रिज्यालसमक्ष बोल्न पाउनुपर्ने मागसहित हिजो (बिहीबार) नै लिखित रिपोर्ट बुझाएको थिएँ,’ उनले भने, ‘बोल्न पाउने पनि भन्नुभयो । तर मेरो कुराको सुनुवाइ नै भएन । मजस्तै अरुले पनि बोल्ने भन्नु भएको थियो ।’
महानगर प्रवक्ता धनबहादुर नेपालीले धेरैजसो विधेयक, निर्देशिका संशोधन गर्नुपर्ने भएका कारण धेरै समस्या नआएको बताए । ‘नगरसभामा पेस हुने सबै ऐन, विधेयक विधायन समितिमा छलफल भयो,’ उनले भने, ‘त्यसमा विषय विशेषज्ञ, कानुनी सल्लाहकार, सम्बन्धित सरोकारवाला शाखा महाशाखाका प्रतिनिधिहरुले सहजीकरण गर्नुभएको थियो ।’ पहिले पास भएका विधेयकमा काम गर्दै जाँदा समस्या भएका कारण अधिवेशनमार्फत दोस्रो तथा तेस्रो संशोधन भएकाले धेरै जटिल नभएको उनको भनाइ थियो ।
‘एउटा ऐन र बाँकी संशोधनको विधेयक भएकाले यसमा खासै समय लाग्ने परिस्थिति थिएन,’ उनले भने, ‘टेबल भयो त्यसपछि तपाईहरुको केही छलफल छ? भनेर सोध्दा ‘छैन’ भन्ने आवाज धेरै बढी आयो तर १/२ जनाले बोल्न पाउनुपर्छ भन्नुभयो । त्यसपछि कुरा राख्नुस् भन्दा केही पनि आएन ।’ समयमै टेबल भएर निर्णायार्थ समय दिंदा कुनै कुरा नआएपछि पास भएकोले छलफल नै गर्न पाइएन भएन भन्नु गलत भएको उनको दाबी छ । अब पहिलो दिनमै नगरसभा सकिएकाले शनिबार कुनै गतिविधि नहुने उनले प्रष्ट पारे ।
नगरसभाले महानगरलाई आवश्यक ५ ऐन र निर्देशिका पास गरेको विधायन समिति संयोजक शोभामोहन पौडेलले जानकारी दिए । जसमा कर्मचारी ऐन २०७८, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ संशोधन विधेयक, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन लगायत विधेयक संशोधनसहित पास भएको छ ।
सभाले बजेट रकमान्तर तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पास गरेको उनले बताए । ‘विशेषगरी अहिले सेवा, करार र अस्थायी कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्छ भन्ने रह्यो,’ उनले भने, ‘महानगर कार्यान्वयन नहुने योजनाको रकम रकमान्तर गरेर वडालाई दिएर काम सक्ने भन्ने कुरा प्राथमिकताका पास गरियो ।’ नगरसभामा छलफल टेबल भएको विधेयकमाथि छलफल विषयमा कार्यपालिकामा भएका कुरा नै सुनाएको उनले बताए । सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित भएकाले सभासदरुले हल्कारुपमा लिएको पनि उनको भनाइ थियो ।
यसैबीच, सभामा नगर प्रमुख मानबहादुर जिसीले पोखरालाई सुन्दर बनाउन सबै एकजुट हुनुपर्ने भन्दै यसमा प्रदेश सरकारले पनि साथ दिनुपर्ने भनाइ राखे ।
उपप्रमुख मञ्जुदेवी गुरुङले ५ वर्षमा महानगरले देखिने गरी काम गरेको बताइन् । उक्त अवसरमा वडाध्यक्षद्वय रामराज अधिकारी, शोभामोहन पौडेल, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१