एनएनआइपिए स्पोर्टस् अवार्ड हुने

आदर्श समाज सम्वाददाता
माघ २८, २०७८
sports award~

पोखरा । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपिए स्पोर्टस् अवार्ड फागुन १७ मा गर्ने भएको छ । १६ औं संस्करणको एवार्ड ललितपुरस्थित बज्रबाराही मन्दिरमा आयोजना हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कोभिडका कारण प्रतियोगिता नभइरहेको अवस्थालाई मध्यनजर गर्दै यस पटक ओलम्पिक कमिटिबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देखाएको उच्च प्रदर्शन आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।
अवार्डमा २७ खेलमध्येका उत्कृष्ट खेलाडी एवार्ड जसमा खेलाडीहरुले १० हजार सहित ट्रफी प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेलाडीमध्येबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिने छ । जसले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरि एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन् । एक पुरुष र एक महिला उदियमान खेलाडी चयन गरी ५० हजार नगदले सम्मान गरिने छ । एक पाका खेलाडीलाई गजराज आदर्श खेल ब्यक्तित्व पुरस्कारबाट ३५ हहारसहित सम्मान गरिने छ ।
एक खेल पत्रकारलाई एनएनआईपिए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ । जसमा २५ हजार रहेको छ । यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान जसलाई १० हजार नगदले सम्मान गरिने आयोजकले जनाएका छन् ।
संघले सिफारिस गरिएका उत्कृष्ट खेलाडी बाहेक अन्य खेलाडीहरुको चयनका लागि संघका पूर्व अध्यक्ष एवं ओलम्पियन दीपक बिष्टको संयोजकत्वमा एक छनोट कमिटि गठन गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width