पोखरा । मानव मिलन संस्था पोखराका संस्थापक अध्यक्ष रेशमराज सुवेदीले आफ्नो ७३ औं जन्मोत्सव अवसरमा आश्रमलाई सहयोग गरेका छन् । पोखरा–१७, बिरौटा निवासी सुवेदीले मानव सेवा आश्रमलाई बिहीबार नगद ७ हजार ३ सयसहित सोही बराबरको जिन्सी सामग्री प्रदान गरेका हुन् ।
मानव मिलन संस्था पोखराद्वारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उत्सवका नाउँमा गरिने फजुल खर्च कटाई आश्रमलाई सहयोग गर्ने सकारात्मक सोचले नै मानवताको पहिचान दिने बताए ।
दाता रेशमराज सुवेदीले हुनेले नहुनेलाई, ज्ञानीले अज्ञानीलाई बलवान्ले कमजोरलाई सहयोग गर्नु पर्नेमा जोड दिंदै आफूले सामान्य कर्तव्यपालना गरेको बताए ।
सामाजिक अभियन्ता सुष्मा पौडेलले दानदाता सुवेदी सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व भएको उल्लेख गरिन् । आश्रमका सहसंयोजक सम्झना बर्ताैलाले आभार व्यक्त गर्दै सहयोगले आश्रमलाई राहत पुग्ने बताइन् ।
मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सहसचिव शान्त लामिछानेले गरेका थिए ।
मानव सेवा आश्रम पोखरा–१७, छोरेपाटनमा ६३ जना बालबालिका तथा वृद्धाहरु र पोखरा २५, हेमजामा १ सय ३ जना वृद्धहरु गरी १ सय ६६ जना आश्रित रहेको अभियन्ता मनिकला नेपालीले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१