नवलपरासी । हत्याको अभियोगमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । गत माघ ८ मा विजय चौधरी रामग्राम नगरपालिका ९, पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएको अवस्थामा भेटिएका थिए ।
कपिलवस्तुको शुद्धोधन १, उच्डिहवा घर भई हाल काठमाडौं २७, असनमा भाडा वर्तन एवं हार्डवयर व्यवसाय गर्ने ३५ वर्षीय चौधरीको हत्या भएको थियो । उनको हत्यामा रामग्राम ५, ड्राइभर टोल बस्ने ३७ वर्षीय राजु साह भनिने मञ्जुर आलम देवान र उनकी श्रीमती ३५ वर्षीया हदिसुन नेसासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चौधरीको साथको २० लाख रुपैयाँ लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको खुलेको छ । हत्यालगत्तै मुख्य योजनाकार मञ्जुर आलम देवान र उनकी श्रीमती हदिसुन नेसा भारत फरार भएका थिए । उनीहरुलाई पश्चिम नवलपरासी प्रहरीले भारतीय प्रहरीको समन्वयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन १, महेषपुर नेपाल भारत सीमा नजिकैबाट २५ माघ मंगलबार पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनालाई नै प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
माघ पहिलो साता मृत फेला परेका विजय चौधरीको हत्यामा संलग्न अभियोगमा ६ जना पक्राउ
पक्राउ पर्नेमा आलम दम्पतीसहित उनकी दिदी रामग्राम २, निवासी ४२ वर्षीया शारदादेवी केवट, भिनाजु वसन्तकुमार सहानी, काठमाडौं २९, निवासी ५० वर्षीय तलत अलि खान र रौतहटका ४१ वर्षीय जीतबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शव घटनास्थलमा दुवै हात पछाडिबाट प्लाष्टिकको डोरीले कसेर बाँधिएको, अनुहार गम्छाले बेरिएको र गलबन्धीले घाँटीमा गाँठो बनाइ कसिएको अवस्थामा फेला परेको थियो ।
‘जग्गा’ कारोबार गर्ने भन्दै माघ ६ मा भैरहवा पुगेका चौधरी माघ ७ देखि हराइरहेका थिए । चौधरीको साथमा २० लाख नगद रहेको र उक्त रकम चौधरीले आफ्ना साथीहरुलाई समेत देखाएका थिए । उनकै साथी रहेका राजु साह भन्ने आलमले आफ्नै घरमा बोलाएर श्रीमतीको सहयोगमा उनको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या लगत्तै आफन्त दिदी भिनाजुलाई रकम राख्न दिई आलम दम्पती भारत पुगेका थिए ।
नवलपरासी प्रहरीले सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको भने पनि प्रहरी टोली भारत नै पुगेर पक्राउ गरी नेपाल ल्याइएको हो । पक्राउ परेका आलमले हत्यामा आफू र श्रीमतीको हात रहेको बयान दिएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । आलमले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले हात बाँधेर खुट्टा समाएको र श्रीमतीले घाँटी कसेर चौधरीको हत्या गरेको बयान दिएका छन् । आलम दम्पती ऋणमा डुबेको, ऋण तिर्न नसकेको कारण चौधरीसँग रहेको २० लाख रुपैयाँ लिन हत्या गरेको खुल्न आएको शाहीले बताए । नवलपरासी प्रहरीबाट डिएसपीको टोली भारत पुगेको थियो । त्यसैगरी प्रहरी हेडक्वार्टरले समेत काठमाडौंबाट एक डिएसपीलाई भारत पठाएको थियो । २ डिएसपीसहितको प्रहरी टोलीले बुधबार बिहान ५ बजे दुवै जनालाई पक्राउ गरी नेपाल ल्याएको थियो ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१