एमसिसी पास गर्ने कांग्रेसको निष्कर्ष

आदर्श समाज सम्वाददाता
माघ २७, २०७८
MCC

पोखरा । सत्तारुढ नेपाली कांग्रेसले एमसिसीसँगको सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबारको बैठकमा गठबन्धन रहे पनि नरहे पनि एमसिसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए । बैठकपछि उनले बैठकले एमसिसी पारित गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको जानकारी दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसिसीबारे भइरहेको छलफल जानकारी गराएर केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई एमसिसीको विषयमा बोल्न समय दिएका थिए । महतको व्याख्यापछि देउवाले एमसिसीका विषयमा राम्रानराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गरेका केन्द्रीय सदस्य कोइरालाले बताए ।
उनका अनुसार अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति देउवाले यसमा धेरै विवादित र विभाजित हुनुपर्ने आवश्यक नभएको र नेपालको हितमा रहेको बताएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width