पोखरामा बेटी सम्मेलन

आदर्श समाज सम्वाददाता
माघ २७, २०७८
beti

पोखरा । ‘हरेक घर हरेक पालिका, हुनुपर्छ साहसी बालिका’ नारासहित पोखरामा बिहीबारदेखि चौथो राष्ट्रिय बेटी सम्मेलन सुरु भएको छ ।
मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुर, आभाशा राष्ट्रिय अभियान नेपालको आयोजना एवं गण्डकी प्रदेश एवं प्रदेश १ को सामाजिक विकास मन्त्रालय लगायतको समन्वयमा सुरु सम्मेलन ३ दिनसम्म चल्नेछ ।
सम्मेलन उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाले हिंसा सहेर बस्न नहुने बताए । उनले समाज चेतनशील भएमा मात्रै हिंसा न्युनीकरण हुने भन्दै हिंसाविरुद्ध कानुनी उपचारमा जुट्न समेत आग्रह गरे । समतामूलक समाज निर्माणमा सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताउँदै उनले गण्डकी प्रदेश सरकारले महिलाको पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार सुरु गरेको बताए ।
पहाड र हिमालको तुलनामा मधेसमा हिंसा बढी हुने गरेको बताउँदै उनले गण्डकीलाई लैंगिकमैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताए ।
मासवेस उदयपुरका अध्यक्ष, आभाशा राष्ट्रिय अभियान नेपाल संयोजक नजवुल खान नीलमले जनसंख्या आधारमा राज्यको हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइन् । आभाशा अभियानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने उद्देश्यले आफूले काम गरिरहेको बताउँदै उनले समाजका सबै सरोकारवालाले महिलाको मुद्दा साझा मुद्दाका रुपमा लिनु पर्ने बताइन् ।
सम्मेलनमा चेलिबेटी सशक्तीकरण सम्मान २०७८ बाट महिला अधिकार र महिला सशक्तीकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएकोमा त्रिविका उपप्राध्यापक लक्ष्मी जोशी, वरिष्ठ समाजसेवी सुशीला श्रेष्ठ, अधिकारकर्मी खैरुन निसासैयव, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, अधिकारकर्मी पुष्पा यादव, दलित अधिकारर्की सरु सुनार, समाजसेवी रीता परियार, बालअधिकारकर्मी प्रेन्सा रेग्मी, किशोरी अधिकारकर्मी पशुपति कुँवरलाई सम्मान गरिएको कार्यक्रम संयोजक देवी कार्कीले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग