पोखरा । स्थानीय तहको निर्वाचन मिति घोषणासँगै पोखरा महानगरको मेयर को होला भन्नेबारे चर्चा सुरु भएको छ । कतिपयले सामाजिक सञ्जालमा सम्भावित उम्मेदवारको नाम आकलन गर्दै जाँदा ३ महिनाअघि नै उम्मेदवार घोषणा आइसकेको छ ।
साहित्यकार गनेस पौडेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयरमा पहिलो उम्मेदवारी घोषणा गरे । उनले भनेका छन्, ‘जीत वा हारभन्दा पर पनि यौटा लडाइँ हुन्छ । दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ । म त्यो लडाइँमा जाँदैछु । यसपटक अटेर गर्दैछु । आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, आउनुस् केही गरौं । अति भो अटेर गरौं ।’ पोखरा १४ निवासी पौडेल ‘पैताला’ उपन्यासका लेखक पनि हुन् ।
यसैगरी, अग्रज पत्रकार गंगाधर पराजुलीको पनि मेयरमा चर्चा छ । मेयरमा उठ्न सर्वत्र दबाब आएको उनको भनाइ छ । पराजुलीले पार्टी निर्णयपछि आफू अघि बढ्ने आदर्श समाजलाई बताए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उनी पोखरा महानगरको नगर सभापतिमा प्रतिस्पर्धी थिए । पत्रकारितासँगै राजनीतिमा सक्रिय उनी २०४१ सालमा कक्षा ८ पढ्दाताका बिपी स्मृति दिवस मनाउनेक्रममा पहिलो पटक पक्राउ परेका थिए ।
सरकारले एकै चरणमा हुने गरी आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१