आयोगले कार्यतालिका तयार पार्दै

आदर्श समाज सम्वाददाता
माघ २७, २०७८
Election Commision Nepal1

पोखरा । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आन्तरिक कार्यतालिका तयार पारेको छ । जसअनुसार २०७९ वैशाख ११ मा उम्मेदवारी मनोनयन हुने तयारी छ ।
वैशाख ११ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समयसहितको कार्यतालिका तयार पारेर आयोगले परामर्श थालेको हो । स्रोतका अनुसार वैशाख १२ गते १० देखि ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १३ देखि १४ गते अपरान्ह ५ बजे सम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय निर्धारण गरिएको छ ।
यसैगरी, वैशाख १४ मा अपरान्ह ५ देखि ६ बजे सम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन, वैशाख १५ गते १० देखि ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता, वैशाख १६ मा १० देखि मध्यान्ह १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका छ ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताका लागि २०७८ फागुन १ देखि १० सम्मका लागि समय निर्धारण गरिएको छ । त्यही अवधिसम्म राजनीतिक दलतर्फबाट औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमुना प्राप्ति गर्ने समय पनि निर्धारण गरिएको छ ।
आयोगले तोकेको मितिदेखि जेठ ६ सम्म निर्वाचन आचारसंहिता कार्यान्वयन गरिने समय निर्धारण गरिएको छ । २०७९ वैशाख २ गते निर्वाचन अधिकृतको नियुक्ति गरिने, वैशाख ३ मा कालोसूचीमा रहेका व्यक्तिहरूको विवरण निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने तालिका छ । वैशाख ३ गते नै राजनीतिक दलको आधिकारिक दस्तखत नमुनासहितको पत्र सबै निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने समय निर्धारण गरिएको छ ।
वैशाख २७ देखि ३ दिनसम्म मौन अवधि तथा २८ देखि २९ सम्म मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गर्ने तालिका बनाइएको र सोबारे छलफल चलिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनका अनुसार अब केही दिनमै आयोगले उक्त निर्वाचन कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गर्ने छ ।

Related News

सम्बन्धित समाचार

  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…

hero news full width

trending post

ट्रेन्डिङ्ग