‘अनुत्तरित प्रश्नहरु’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
माघ २६, २०७८
Bimochan 1

पोखरा । युवाकवि चारघरे ठिटोको कविता संग्रह ‘अनुत्तरित प्रश्नहरु’ विमोचित भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीद्वारा पोखरामा आयोजित कार्यक्रममा कृति विमोचन भएको हो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश श्रेष्ठले कृति विमोचन गरेका हुन् । उनले राष्ट्रसेवकका रुपमा कार्यरत चारघरे ठिटोलाई सफल साहित्यिक यात्राको कामना गरे ।
कार्यक्रममा विशिष्ट अतिथि सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित उत्सवले कवि चारघरे ठिटोलाई सम्भावना भएका कविका रुपमा चित्रित गरे । उनले सगरमाथा साहित्य प्रतिष्ठान देश विदेशमा रहेका सबै पुस्ताका सर्जकलाई एक आपसमा जोड्ने र साहित्यको एकीकृत उत्थानका लागि क्रियाशील रहेको बताए । उनले प्रतिष्ठानले आगामी दिनमा प्रकाशनगृह सञ्चालन गरेर अगाडि बढ्ने योजना रहेको जानकारी दिए । कवि/गजलकार दीपक समीपले कवि चारघरे ठिटोलाई संक्षिप्त शुभकामना दिए । अनुत्तरित प्रश्नहरुका सर्जक चारघरे ठिटोले आफू साहित्यमा बामे सर्दै गरेको बालक भएकाले सबैको मायाको अपेक्षा गरेको सुनाए ।
कार्यक्रमको स्वागत युवा कवि रोशन तिमिल्सिनाले गरेका थिए भने कवि माधव खतिवडाले अनुत्तरित प्रश्नहरु कविता संग्रहबाट एउटा कविता वाचन गरे । पुस्तकमाथि युवा कवि/समीक्षक टुकादेवी आचार्यले समीक्षा गरेकी थिइन् । सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीका अध्यक्ष शम्भु अर्यालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव लिली अधिकारीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width