लोक स्रष्टा शेरचनको स्मृति दिवस

आदर्श समाज सम्वाददाता
माघ २६, २०७८
kalyan sherchan

पोखरा । कल्याण शेरचनको ११ औं स्मृति दिवस एवं कल्याण शेरचन स्मृति प्रतिष्ठानको १० औं वार्षिक साधारणसभा भएको छ । प्रतिष्ठान संरक्षक नरबहादुर शेरचनको प्रमुख आतिथ्यमा सोमबार स्व. शेरचनको स्मृति दिवस एवं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभामा प्रतिष्ठानका सचिव जीवन दाहालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदिप गौचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नरबहादुर शेरचन र प्रतिष्ठानका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना मन्तव्य तथा उपाध्यक्ष श्रीजंग गुरुङ स्वागत मन्तव्य राखेका थिए ।
प्रतिष्ठान अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको स्मृति दिवसमा विगतमा राष्ट्रिय मादल, सारंगी, एकल नृत्य, खेलकुद, साहित्यिक लगायत कार्यक्रम गरी स्वर्गीय स्रष्टाको स्मरण गर्ने गरेकोका आगामी दिनमा उनकै विधा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता गर्ने जानकारी दिए । यसरी नै स्रष्टाको सम्मानका लागि सालिक निर्माण गर्ने योजना पनि रहेको अध्यक्ष ह्योल्मोले बताए । प्रतिष्ठान अध्यक्ष क्या.ह्योल्मोको अध्यक्षता र सचिव जीवन दाहालले संचालन गरेको कार्यक्रममा सहभागीले लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको योगदानको स्मरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width