राष्ट्र उत्थान लघुवित्तले आइपिओ जारी गर्दै

रासस
माघ २६, २०७८
IPO

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने लागेको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पुँजी (२६ करोड) को शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९५ हजार ५ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ देखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले फागुन ८ सम्म न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २६ करोड तथा चुक्तापुँजी १७ करोड ५० लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड पुग्नेछ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आईआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width