बागलुङ । विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ ।
पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसीले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको अधिकार गाउँ र नगरपालिकालाई दिएको छ ।
अधिकृत केसीले स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार पारिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले विज्ञसहितको परामर्शमा पाठ्यक्रम निर्माण गरिएको बताउनुभयो । उहाँकै संयोजकत्वमा गठित स्थानीय पाठ्यक्रम निर्माण प्राविधिक कार्यदलले पाठ्यक्रमलाई अन्तिम रुप दिएको हो ।
अध्यक्ष घर्तीले आधारभूत तहमा पढ्ने बालबालिकाको सिकाइ पक्रियालाई स्थानीयकरण गर्न पाठ्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो ।
“यस पाठ्यक्रमबाट हाम्रा बालबालिकाले आफ्नो गाउँठाउँका विविध पक्षबारे वस्तुनिष्ठ ज्ञान प्राप्त गर्नेछन्”, उहाँले भन्नुभयो, “दक्ष, सचेत र इमान्दार शैक्षिक जनशक्ति उत्पादनमा स्थानीय पाठ्यक्रमको महत्व छ ।”
भूगोल, इतिहास, संस्कृति, जीवनशैली, जनस्वास्थ्य, विपद् व्यवस्थापन, पर्यटन, लैङ्गिक मुद्दा, आर्थिक गतिविधि, स्थानीय स्रोतसाधनको संरक्षण एवं उपयोग, ज्ञान, विज्ञानलगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।
पाठ्यक्रमको सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विमोचन गर्नुभएको थियो । जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नै पाठ्यक्रम तयार गरी लागू गरिसकेका छन् । सबैभन्दा पहिले तमाखोला गाउँपालिकाले पाठ्यक्रम बनाएको थियो ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१