कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने

रासस
माघ १९, २०७८

गण्डकी । नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ ।

काभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई चरणमा गर्ने मञ्चको आज सम्पन्न बैठकले निर्णय गरेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमि निर्धारित समय फागुन ७ गते नै हुने र आपाङ्गतर्फका १० र ५ किलोमिटर दौड चैत महिनाको १२ गते गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले पोखरा म्याराथन देशकै जेठो म्याराथन रहेको दाबी गर्दै म्याराथन सफल बनाउन विभिन्न विषयगत समितिले तीव्रता दिँदै आएको बताउनुभयो । म्याराथनलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समूह र अन्य सङ्घ संस्थालाई सदा झैं यस पटक पनि सहयोगका लागि अपिल गर्दै उहाँले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मञ्चका महासचिव कृष्ण तिमिल्सिनाका अनुसार पोखरा म्याराथनअन्तर्गत खुला म्याराथनतर्फको पुरस्कारको राशि रु चार लाख नगद भएसँगै प्रतियोगितामा सहभागी हुन केन्यालगायत अन्य अफ्रिकी मुलुकबाट धावक पोखरा आउने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । “पोखरा म्याराथनले अव विश्वव्यापी रुपमा चर्चा पाउन थालेको छ । यसका लागि विदेशबाट समेत धावक पोखरा आउनु गौरवको विषय हो”, उहाँले भन्नुभयो, “विदेशीसँगै स्वदेशी धावकले समेत म्याराथनमा सहभागीका लागि अनलाइनमार्फत दर्ता गराउन सकिनेछ ।”

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width