पोखरा । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले अनलाइन सेवालाई प्राथमिकता दिने भएको छ । सेवाग्राहीको सहजता र सुविधाका लागि आफ्ना सेवा डिजिटल बनाउने कार्यालयले जानकारी दिएको छ ।
पुरानै प्रक्रियाअनुसार सेवा प्रवाह हुँदा सेवाग्राहीलाई झन्झट हुने, सबैको पहुँच नपुग्ने जस्ता कारणले उनीहरुको लागत बढ्ने समस्या भएको कार्यालय प्रमुख डिल्लीराम रिजालले जानकारी दिए । सेवाग्राहीलाई विभिन्न समस्याबाट छुट्कारा दिलाउन कार्यालयले बिस्तारै आफ्ना सेवा डिजिटलतर्फ लाने तयारी गरेको उनको भनाइ छ । पुरानो ढर्राबाट सेवा दिंदा बिचौलियाले सल्बलाउने ठाउँ प्राप्त गर्ने हुँदा तत्काल कार्यालय त्यसतर्फ चनाखो भएको उनले बताए ।
कार्यालयले दिने सेवाप्रति सेवाग्राहीको गुनासो भएका कारण पनि आफूहरुले अनलाइन सेवातर्फ जोड दिएको उनले बताए । ‘जनताका समस्या र गुनासा कम गर्न अहिले भइरहेका सेवालाई सरल, सहज र व्यवस्थित बनाउनुपर्छ भनेर लागेको छौं,’ उनले भने, ‘अनलाइनलाई व्यवस्थित गर्ने, सफ्टवेयर सिस्टम विकास गर्ने र अनलाइनमार्फत नै सेवा सुरु गर्ने भनेर हामी लागेका छौं ।’ आर्थिक वर्ष २०७८/७९ को कार्यक्रमअनुसार पुराना फाइल ढड्डा स्क्यान गरेर डिजिटल बनाउनेतर्फ कार्यालय लागेको उनले बताए । ती स्क्यान फाइल ट्रान्सफर म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम सफ्टवयर बनाएर डाटा इन्ट्री गर्ने योजना कार्यालयले बनाएको छ ।
कार्यालयमा करिब साढे ३ लाख सवारी दर्ता छन्
‘पहिला सबै पुराना काम डिजिटल प्रणालीमा लैजाने त्यसपछि कम्प्युटर माध्यमबाटै नामसारी, सवारी दर्ता गर्ने काम हुन्छ,’ उनले भने, ‘त्यसपछि ब्लु बुक नवीकरण गर्ने र कर तिर्ने काम पनि घरमै बसेर तिर्न मिल्ने गरी सिस्टम बनाएर जाने योजना बनाएका छौं ।’ यो काम भएमा सेवाग्राहीको चाप घट्ने, घण्टौं लाइन बस्न नपर्ने, सेवाग्राहीको लागत घट्ने लगायत फाइदा पुग्ने प्रमुख रिजालले जानकारी दिए । जसले गर्दा कार्यालयले पनि कम जनशक्तिमा सेवा दिन सक्ने वातावरण सिर्जना हुने उनको धारणा थियो । ‘यसको काम सुरु भइसकेको छ, हाम्रो कार्यालयमा करिब साढे ३ लाख सवारी दर्ता भएका छन्,’ उनले भने, ‘यसका ३ लाख जति फाइल त्यसका ३ हजार जति ढड्डा छन् । तिनीहरुको सबै पाना स्क्यान गरेर राख्न सर्भरको स्थापना गरिसकेका छौं ।’
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाकाे वडामा कांग्रेसले जित्याे वडाध्यक्ष
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
जेठ ८, २०७९