काठमाडौं । नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको तथ्य फेला पारेको छ । काठमाडौँको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यहाँस्थित त्रिपुरेश्वरमा रहेको महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सले अमेरिकी ब्राण्डको थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको मास्क बिक्री गरेको पाइएको हो । यसरी बिक्रीमा संलग्न चार जनालाई छ हजार ११४ थान थ्रीएम मास्कसहित पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट एक हजार ९२० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय वुद्धिबहादुर कार्की, काठमाडौँ भोटेबहाल बस्ने भारत राजस्थान बस्ने नक्कली मास्क सप्लायर्स यश अग्रवाल, २० वर्षीय श्रीयान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर सङ्खुवासभाका २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन् ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१