गुणस्तरीय अस्पताल बनाउनेछु : मन्त्री श्रेष्ठ

आदर्श समाज सम्वाददाता
माघ १४, २०७८
Indra Godar.d

स्याङ्जा । गण्डकी प्रदेश शिक्षा तथा संस्कृति मन्त्री मेखलाल श्रेष्ठले जिल्ला अस्पताल स्याङ्जाको भौतिक तथा गुणस्तर बृद्धिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर गोदार लगायतको समूहलाई पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अस्पतालका अत्यावश्यीय सामग्री खरिदका लागि केही रकम प्रदेशले बिनियोजन गरिसकेको जनाए । मन्त्री श्रेष्ठले भने, ‘स्रोत र दक्ष प्राविधिक अभावमा यहाँ उपलब्ध प्रविधिको संचालन गर्न नसक्नु दुखद हो । यिनीहरुको सञ्चालनका लागि प्रदेश सरकारले छिटै पहल गर्नेछ । अस्पताललाई उच्चगुणस्तरीय र सुविधासम्पन्न बनाउन म प्रयाशरत रहनेछु उनले भने ।’
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने समितिको अन्य सदस्यमा लक्ष्मी बराल, सिद्धिमान कुमाल, टीमकुमारी कुमाल, राजेन्द्र मरासिनी, राजेन्द्र गैह्रे रहेका छन् । अब उद्योग वाणिज्य संघ र सम्बन्धित स्थानीय पालिकाका १–१ जना सदस्य थप हुनेछन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लोकराज शर्मा र अस्पताल प्रमुख डा. रमेश आचार्यले वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे जानकारी गराए । २०५७ सालमा स्थापित १५ शैयाको अस्पताललाई व्यवस्थापन समितिले १० शैया थप गरी २५ शैयाको बनाइएको छ । झण्डै २५ रोपनी क्षेत्रफल भएको अस्पतालमा आवश्यकता अनुरुपमा भौतिक संरचना र दरबन्दी अनुरुपका चिकित्सक तथा कर्मचारीको पनि अभाव छ । अस्पतालबाट उपलब्ध हुने सेवा सुविधा उपलब्ध छन् । कोभिडका लागि आइसोलेसन, शल्यक्रिया, मिर्गौला डायलायसिस, प्रसूति लगायतका अन्य सबै प्रकारका सेवा दिंदै आएको छ ।
यसअघि अस्पताल व्यवस्थापन समिति अध्यक्ष लोकराज शर्मा नेतृत्वको समूहलाई बिदाइ गरिएको छ । अस्पताल प्रमुख डा. आचार्य र मन्त्री श्रेष्ठले शर्मालाई दोसल्लासहित प्रमाणपत्र प्रदान गरी बिदाइ गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width