पोखरा, १३ माघ । मनाङ मस्र्याङ्दी क्लब २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै मनाङले सातौं पटकको उपाधि दाबेदारी पस्केको छ । उसले शनिबार अर्को विभागीय क्लब एपिएफसँग फाइनल खेल्नेछ ।
खेल सुरुआतमै पेनाल्टी मिस गरेको मनाङले १२० मिनेट पूरै खेल्दै संघर्षपूर्ण जित दर्ता गरेको हो । निर्धारित र अतिरिक्तसमयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आर्मीका युद्ध शाहीको प्रहार कीपर अशोक बरालले छेक्दा दीपक गुरुङको पोलमा ठोक्कियो । मनाङका तर्फबाट विदेशी खेलाडी फ्रान्कलीन कुटी टाल्ला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले गोल गर्दा विश्व अधिकारीको प्रहार पोस्टमा लागेको थियो । आर्मीका तर्फबाट भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सके ।
सहारा क्लब पोखराले आयोजना गरेको फुटबल प्रतियोगिताको २ दशकसम्मको यात्रामा मनाङले घरेलु मैदानको फाइदा उठाउँदै यसअघि ६ पटक उपाधि जितिसकेको छ । तर १६ पटकसम्मको सहभागितामा ४ पटकसम्म फाइनल पुगेर पनि आर्मी सधैं उपाधिविहीन छ ।
खेलको नवौं मिनेटमा विपक्षी युद्ध शाहीको ह्याण्ड हुँदा पाएको पेनाल्टीमा क्याप्टेन विमल रानाले प्रहार पोस्ट बाहिर गएको थियो । प्रतियोगितामा मनाङका कीपर अशोक बराल म्याद अफ दि म्याच बने । उनले नगद ८ हजार पुरस्कार प्राप्त गरेका छन् ।
पहिलो हाफ तुलनात्मक रुपमा ठिकै खेलेको आर्मीले दोस्रो हाफपछि निकै आक्रामक खेल्यो । उसका आधा दर्जन पोस्ट प्रहार विपक्षी कीपर अशोक बरालले रोके । यसअघि, पहिलो सेमिफाइनलमा मच्छिन्द्रलाई ३–१ गोलअन्तरले हराउँदै १४ वर्षपछि एपिएफ फाइनल पुगेको छ । विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाकाे वडामा कांग्रेसले जित्याे वडाध्यक्ष
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
जेठ ८, २०७९