आर्मीलाई स्तब्ध पार्दै मनाङ फाइनलमा

आदर्श समाज सम्वाददाता
माघ १३, २०७८
mmc

पोखरा, १३ माघ । मनाङ मस्र्याङ्दी क्लब २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै मनाङले सातौं पटकको उपाधि दाबेदारी पस्केको छ । उसले शनिबार अर्को विभागीय क्लब एपिएफसँग फाइनल खेल्नेछ ।

खेल सुरुआतमै पेनाल्टी मिस गरेको मनाङले १२० मिनेट पूरै खेल्दै संघर्षपूर्ण जित दर्ता गरेको हो । निर्धारित र अतिरिक्तसमयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आर्मीका युद्ध शाहीको प्रहार कीपर अशोक बरालले छेक्दा दीपक गुरुङको पोलमा ठोक्कियो ।  मनाङका तर्फबाट विदेशी खेलाडी फ्रान्कलीन कुटी टाल्ला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले गोल गर्दा विश्व अधिकारीको प्रहार पोस्टमा लागेको थियो । आर्मीका तर्फबाट भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सके ।

सहारा क्लब पोखराले आयोजना गरेको फुटबल प्रतियोगिताको २ दशकसम्मको यात्रामा मनाङले घरेलु मैदानको फाइदा उठाउँदै यसअघि ६ पटक उपाधि जितिसकेको छ । तर १६ पटकसम्मको सहभागितामा ४ पटकसम्म फाइनल पुगेर पनि आर्मी सधैं उपाधिविहीन छ ।

खेलको नवौं मिनेटमा विपक्षी युद्ध शाहीको ह्याण्ड हुँदा पाएको पेनाल्टीमा क्याप्टेन विमल रानाले प्रहार पोस्ट बाहिर गएको थियो । प्रतियोगितामा मनाङका कीपर अशोक बराल म्याद अफ दि म्याच बने । उनले नगद ८ हजार पुरस्कार प्राप्त गरेका छन् ।

पहिलो हाफ तुलनात्मक रुपमा ठिकै खेलेको आर्मीले दोस्रो हाफपछि निकै आक्रामक खेल्यो । उसका आधा दर्जन पोस्ट प्रहार विपक्षी कीपर अशोक बरालले रोके । यसअघि, पहिलो सेमिफाइनलमा मच्छिन्द्रलाई ३–१ गोलअन्तरले हराउँदै १४ वर्षपछि एपिएफ फाइनल पुगेको छ । विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width