थप ८ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि

रासस
माघ १३, २०७८
Corona Banner

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो ।

पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच हजार २९२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको छ । निको हुने दर ८९ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख २२ हजार ८३८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५१ लाख ८५ हजार ७०४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ४७ हजार ३१७ पुगेको छ । कूलमा सङक्रमण दर १८ दशमलव एक प्रतिशत छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६८७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८४ दशमलव सात रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या ४९ र आइसियुमा २५७ रहेको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके रुपन्देही, दाङ र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सलार्ही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width