निर्माणाधीन पुल चर्कियो

आदर्श समाज सम्वाददाता
माघ १३, २०७८
pul

गगनगौंडा । पोखरा वडा ३२ र ३३ गगनगौंडा र लामगादी जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल चर्किएको छ ।
६१ मिटर लम्बाइको पुल सोमवार सटिङका सामग्री निकाल्नेक्रममा चर्किएको हो । पुल एमएस इलाइट निर्माण कम्पनीले निर्माण गरेको हो । निर्माण पूरा हुन लाग्दा पुल बीच भागमा चर्किन गई जग तल झरेर पुल बांगो भएको छ । पुल कमजोर निर्माण सामग्री र जग बलियो नबनाउनुका कारण चर्किएको हुन सक्ने अनुमान गरिएको छ ।
६ करोड ११ लाखको लागतमा निर्माणाधीन पुल चर्किएकोबारे विभागले अनुसन्धान थालेको जनाएको छ । १८ महिनामा सक्ने गरी गत २०७५ पुस २२ मा निर्माण सम्झौता भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width