राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित प्रथम

आदर्श समाज सम्वाददाता
माघ १३, २०७८
ashmit

पोखरा । ‘लगइन बुक्स’ले हालै आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुसाल प्रथम भएका छन् ।

प्रतियोगितामा समावेश २ दर्जन कवितामध्येबाट भुसालको छन्द कविता ‘म मरेको दिन’ प्रथम भएको हो । उनी पोखराकै प्रतिभा माविका विद्यार्थी हुन् ।

प्रथम हुनेले नगद १० हजार रुपैयाँ तथा दोस्रोले पाँच हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक रविन श्रेष्ठले बताए ।

यस्तै दोस्रो स्थानमा दिव्या अधिकारीको अंग्रेजी कविता ‘डेथ’ चुनिएको छ । प्रतियोगिताको निर्णायक निर्भीकजंग रायमाझी थिए ।

‘लगइन बुक्स’ले पुस्तक प्रकाशन तथा इबुक प्रकाशनमा काम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width