आर्थिक सहयोगका लागि ३० होमस्टे छनोट

आदर्श समाज सम्वाददाता
माघ १३, २०७८
home stay

पोखरा । गण्डकी सरकारले ३० सामुदायिक होम स्टे (घरबास कार्यक्रम) को लागि आर्थिक सहयोग गर्ने भएको छ । कुल ६२ वटाको आवेदन परेकोमा पहिलो चरणमा ३० छनोट भएको पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्यटन कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख पूरन गिरीका अनुसार तीमध्ये सबैभन्दा धेरै कास्कीका ९ होमस्टे छन् । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५० सामुदायिक होस्टेलाई प्रति होमस्टे १० लाखको दरले अनुदान दिने बजेटमै उल्लेख गरेको थियो । प्रदेशमा हाल ३ सय ७ वटा सामुदायिक होमस्टे सञ्चालित छन् । दोश्रो चरणमा थप २० होमस्टे छनौट हुने गिरीले जनाए । अधिकांश होमस्टेले सामुदायिक भवन निर्माण, शौचालय निर्माण, पदमार्ग निर्माण, पार्क तथा संग्रहालय निर्माणको लागि प्रस्ताव पेस गरेका थिए । छनोटमा पर्यटक आगमन, संस्थाको नविकरण, कर चुक्ता, पर्यटकीय गतिविधि लगायतको मापदण्ड बनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width