क्यान्सर पीडितलाई पूर्व विद्यार्थी मञ्चको सहयोग

आदर्श समाज सम्वाददाता
माघ १३, २०७८
blood

स्याङ्जा । स्याङ्जाको श्रवण माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत १३ वर्षीय रक्त क्यान्सर पीडित समीर मल्ललाई सोही विद्यालयको पूर्व विद्यार्थी मञ्चले सहयोग गरेको छ । उनको उपचारका लागि १ लाख ५८ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
श्रवण मावि पूर्व विद्यार्थी मञ्चको सक्रियतामा र सहयोगमा पुतलीबजार १४ स्यानीवैदी निवासी मल्ल विगत २ महिनादेखि काठमाडौंमा उपचाररत छन् ।
मल्लको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रविन केसीले क्यान्सर पीडित बालकका ठूलीआमा विमला मल्ललाई बुधबार उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
पूर्व विद्यार्थी मञ्चकोे आर्थिक संकलन अभियानमा पूर्व विद्यार्थी तथा शुभचिन्तकहरुद्वारा संकलित रकमको चेक समीरको उपचारका लागि थप सहयोग गर्ने उद्देश्यले हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष केसीले बताए । उनले भने, ‘हाम्रा छोरा समीरको ज्यान बचाउन सबै वडाबासी लागेका छौं, उनका उपचारका लागि रकम अभाव हुनदिने छैनौं ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद पौडेल, प्रधानाध्यापक हिमलाल ढकाल, पूर्व विद्यार्थी तथा राजनीतिकर्मी विष्णु गिरी, सहसचिव विक्रम संवत्लगायत पूर्व विद्यार्थी मञ्चका पदाधिकारीलगायतले क्यान्सर पीडित बालकको ज्यान बचाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी, पिडित मल्लको उपचारका लागि पंञ्चमूखी बचत तथा ऋण सहकारीले ४४ हजार, श्रवण माविका शिक्षक बिद्यार्थीले ३३ हजार ९ सय २५ रुपैंया, पूर्व बिद्यार्थी मंचले २० हजार, सतौचण्डी बहुउदेश्यीय सहकारी संस्थाले १० हजार रुपैंया नगद सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width