नेपालको जनसंख्या ३ करोडभन्दा कम

आदर्श समाज सम्वाददाता
माघ १२, २०७८
census

पोखरा । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

तीमध्ये महिला १ करोड ४९ लाख १ हजार १ सय ६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेका छन् । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो।

विभागका अनुसार अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेर ०.९३ प्रतिशत छ । अघिल्लोपटक १ प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो । जनघनत्व १ सय ९८ जना प्रति वर्गकिमी छ । विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय ७८ छ।

Related News

सम्बन्धित समाचार

hero news full width