पोखरा ।
कहिल्यै नफाट्ने माया। ‘तिमीलाई नै’
आकाश खसोस, धर्ती फाटोस्
घाम रोकियोस् चाहे जुन रोकियोस्
तर हाम्रो माया…. कहिलै नफाटोस्….।
गीतकार घनबहादुर थापाको शब्द रचनामा हालै सार्वजनिक गीत ‘तिमीलाई नै’ का यी शब्दले अटुट प्रेमलाई चरितार्थ गरेको छ । प्रेमको खोजी र यसको प्राप्ति सहजै हुने कुरा होइन । संसारमा बनेका हरेक जोडी आत्मियताकै खोजीका क्रममा बाँधिएका हुन्छन् । यस गीतले पनि यस्तै प्रेमको परिभाषा बोल्छ ।
मन मिल्ने साथी भेटिएपछि उनीहरु त्यो साथ कहिल्यै टुटाउन चाहँदैनन् । समातिएको एकअर्काको हात आपसबाट कहिल्यै छुटाउन चाहँदैनन्, चाहे त्यो बेलामा जस्तोसुकै विपत्ति किन नआओस् । यही भाव गीतका शब्दले खोल्छ ।
कति घुमे खण्डहर, भेटिन्छ कि रारा भनी
कति जागे रात भर, आकाशका तारा गनी
यस्तो त्याग तपस्याले, तिम्रो आधार खोजेको छु
जुनी जुनी साथै बस्न तिमीलाई नै रोजेको छु ।
जीवनको त्याग र तपस्यापछि भेटिएको मान्छेलाई आफूबाट टाढा राख्न नसकिने तर्क पनि गीतमार्फत अभिव्यक्त गरिएको छ । पहिलो मायाको पहिलो अनुभव संगाल्ने भाका फुराएको गीतमा कलिलो माया गाँसिदाका अप्ठेरा अनि रमाइला पल समेटिएको छ ।
गीतकार थापा आजभोलि समाजमा स्वार्थ बढेको बताउँछन् । स्वार्थी प्रेममा युगल जोडी गांजिएका र पछि विच्छेदका घटना बढ्दो छ । यसलाई रोक्नुपर्ने अभिभारा हाम्रो काँधमा छ भन्ने सोच पलायो । त्यही सिलसिलामा गीत तयार पारिएको उनले सुनाए ।
प्रहरी निरीक्षक थापा कविता, कथालगायत साहित्य लेखनमा समेत रुचि राख्छन् । थापाले यसपालि कलाकार (गीतकार) का रुपमा समेत आफ्नो परिचय फैलाए । ‘तिमीलाई नै’ मा गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल स्वर छ । केही अघि ‘इनाक्षी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । त्यसमा दीपकराज विश्वकर्माको संगीत तथा निर्देशन छ । भिडियोमा गायक÷गायिका स्वयंको अभिनय छ । केशवराज भट्टको कोरियोग्राफी, डिन्सन शाहको सम्पादन, अनिता ग्वाछाको शृंगार र अमन बडूको छायांकनमा भिडियो तयार गरिएको हो ।
युवायुवतीको प्रेम र दम्पतीले वैवाहिक सम्बन्ध दीगो राख्ने कामना गरिएको गीतले समाजमा सकारात्मक सन्देश छरेको छ । निर्देशक दीपकराज विश्वकर्मा फिल्मी शैलीमा म्युजिक भिडियो बनाएको बताउँछन् । यसका शब्द रचना, संगीत, स्वर र रमणीय क्षेत्रका दृश्यले दर्शकलाई तान्ने प्रयास गरेको छ ।
Related News
सम्बन्धित समाचार
सुनिन छाडे असारे भाका
पोखरामा ठाडोभाका संरक्षणको पहल
‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित
खनियाको ‘म हराएको छैन’ सार्वजनिक
‘म एउटा र्यापर’ सार्वजनिक
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९