होमस्टेलाई रैथानेबाली प्रवद्र्धनमा सहयोग

आदर्श समाज सम्वाददाता
माघ १२, २०७८
homestays

लमजुङ । लमजुङका २ होमस्टेलाई रैथानेबाली प्रर्वद्धनका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) ले सामग्री प्रदान गरेको छ । आरसिडिसीले पोषण तथा उत्थान जीविकोपार्जन कार्यक्रमअन्तर्गत त्यस्तो सहयोग गरेको हो ।
आरसिडिसीले बेंसिसहर–२, नरुवाल र वडा ३, गाउँसहरमा सञ्चालनमा रहेको काउलेपानी होमस्टेलाई रैथानेबाली प्रवद्र्धनका लागि रैथाने बिउबिजन तथा कृषि सामग्री हस्तान्तरण गरेको हो । संस्थाले काउलेपानी होमस्टेलाई रैथानेबाली प्रवद्र्धनका ८० हजार बराबरकोे र नरुवाल होमस्टेलाई ३० हजार बराबरको कृषि सामग्री प्रदान गरेको आरसिडिसीका कार्यक्रम व्यवस्थापक विश्वविनोद घिमिरेले बताए । उनका अनुसार समुदायमा हराउँदै गएका रैथाने बाली संरक्षणको चुनौती सिर्जिएको स्थितिलाई ध्यानमा राखेको यो कार्य गरिएको हो ।
उनले भने, ‘रैथानेबाली प्रवद्र्धनका लागि होमस्टे सञ्चालकलाई रैथाने बाली प्रबद्र्धनसम्बन्धी अभिमुखीकरणसहित सामग्री हस्तान्तरण गरिएको हो ।’
संस्थाले होमेस्टेलाई अकबरे खुर्सानीको बिउ, अर्गानिक खेतीको लागि गड्यौली मल ५ केजी, हातेट्याक्टर १, नर्सरीका लागि मल्चिङ प्लाटिक ३ वटा, हजारी ३ वटा, खेती गोडमेल गर्न कुटो १४ वटा, गुमोच प्लाटिक २ सेट प्रदान गरेको पोषण तथा उत्थान जीविकोपार्जन कार्यक्रमका परियोजना अधिकृत प्रभात केसीले जानकारी दिए । उनका अनुसार आरसिडिसीले विशेषगरी होमस्टेलाई लक्षित गरी उक्त परियोजनाको परिकल्पना गरेको हो ।
उनले भने, ‘बेंसिसहर–२ मा रहेको नरुवाल होमस्टेलाई पनि रैथानेबाली प्रर्वद्धनका निम्ति अकबरे खुर्सानीको बिउ, अर्गानिक खेतीको लागि गड्यौली मल, मल्चिङ प्लाटिक, पानी हाल्ने हजारी, कुटो, गुमोच प्लाटिक लगायत सामग्री प्रदान गरेको छ ।’
नरुवालको होमस्टे मगरजातिले र काउलेपानी होमस्टे गुरुङ जातिले सञ्चालनमा ल्याएका हुन् । काउलेपानी होमस्टेले नेपालमै उत्कृष्ट होमस्टेको रुपमा पर्यटन विकास बोर्डबाट समेत पुरस्कृत भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध

    विजय नेपाल जेठ १४, २०७९
    पोखरा, १४ जेठ । गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा उपलब्ध गराउन लागेपछि पाँचदलीय गठबन्धनले विरोध जनाएको छ । शनिबार विज्ञप्ति…
  • घर–घरमै वृद्ध भत्ता

    रासस जेठ १४, २०७९
    वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई…
  • पुतलीबजारमा हरित पुनरुत्थानबारे छलफल

    आदर्श समाज सम्वाददाता जेठ १४, २०७९
    स्याङ्जा । पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई हरित पुनरुत्थान परियोजनाबारे जानकारी गराइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को…
  • गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’

    प्रकाश ढकाल जेठ १४, २०७९
    पोखरा । गण्डकी सरकारले आगामी बजेटको सिद्धान्त र प्राथमिकता संसदमा छलफल गरिरहेको छ । सांसदहरुले सिद्धान्त र प्राथमिकताबारे आफ्ना प्रतिक्रिया…
  • पूर्व पदाधिकारीलाई सुविधा दिइने !

    आदर्श समाज सम्वाददाता जेठ १४, २०७९
    पोखरा । गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन बनाउने भएको छ । पूर्व मुख्यमन्त्री, मन्त्रीहरूसहित प्रदेशसभाका सभामुख, उपसभामुख,…

hero news full width