वालिङ । वालिङ नगरपालिकाले भर्चुअलरुपमा ११ औं नगरसभा गरेको छ । महामारीरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर उच्च हुँदै गएपछि भर्चुअल माध्यमबाट नगरसभा गरिएको हो ।
पछिल्लो समय संक्रमण दर उच्च भएसँगै प्रविधिको प्रयोगमार्फत देशमै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्ने वालिङ नगरपालिका पहिलो भएको दाबी नगर प्रमुख दिलीपप्रताप खाँणको छ ।
२०५४ सालमा आजकै दिन वालिङलाई नगरपालिका घोषणा गरिएको सन्दर्भ पारेर प्रविधिको प्रयोगसहित नगरसभा गरिएको उनले बताए । नगरसभाका सभासद घरमै र वडा कार्यालयमा बसेर भर्चुअल नगरसभामा भाग लिएका थिए ।
नगरसभाले वालिङ नगरपालिकाको जनस्वास्थ्य विधेयक, २०७८ र शिक्षा ऐन २०७४ को दोस्रो संशोधन कार्यविधि सर्वसम्मतिबाट पारित गरेको छ ।
विधायन समितिका सभापति धनबहादुर कुमालले प्रस्तुत गरेको जनस्वास्थ्य विधेयक र शिक्षा ऐनको संशोधन कार्यविधिमाथि छलफल गरी सभाले पारित गरेको हो ।
त्यस्तै, नगर उपप्रमुख कल्पना तिवारीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन, कार्यपालिकाले गरेका निर्णयहरुको अनुमोदनसम्बन्धी प्रवक्ता केदार काफ्लेद्वारा प्रस्तुत प्रस्तावमाथि छलफलसहित सभाले पारित गरेको छ ।
लेखा समिति सदस्य जमुना केसीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन एवम् बेरुजु फछ्र्यौटसम्बन्धी प्रतिवेदन, केसीले नै प्रस्तुत गरेको पूर्वाधार विकास समितिको प्रतिवेदन, सुशासन समितिका संयोजक अर्जुनप्रकाश अर्यालले प्रस्तुत गरेको सुशासनसम्बन्धी प्रतिवेदन पारित भएको छ ।
सामाजिक विकास तथा फोहोरमैला व्यवस्थापन समिति संयोजक युगमाया पंगेनीद्वारा प्रस्तुत प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक रेखा थापाद्वारा प्रस्तुत प्रतिवेदन र वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक गीता रनपालद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफलसहित पारित भएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।
Related News
सम्बन्धित समाचार
शैक्षिक स्तरोन्नतिमा जोड
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
घर–घरमै वृद्ध भत्ता
पुतलीबजारमा हरित पुनरुत्थानबारे छलफल
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९