नगरसभा भर्चुअल माध्यमबाट

आदर्श समाज सम्वाददाता
माघ १२, २०७८
waling~

वालिङ । वालिङ नगरपालिकाले भर्चुअलरुपमा ११ औं नगरसभा गरेको छ । महामारीरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर उच्च हुँदै गएपछि भर्चुअल माध्यमबाट नगरसभा गरिएको हो ।
पछिल्लो समय संक्रमण दर उच्च भएसँगै प्रविधिको प्रयोगमार्फत देशमै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्ने वालिङ नगरपालिका पहिलो भएको दाबी नगर प्रमुख दिलीपप्रताप खाँणको छ ।
२०५४ सालमा आजकै दिन वालिङलाई नगरपालिका घोषणा गरिएको सन्दर्भ पारेर प्रविधिको प्रयोगसहित नगरसभा गरिएको उनले बताए । नगरसभाका सभासद घरमै र वडा कार्यालयमा बसेर भर्चुअल नगरसभामा भाग लिएका थिए ।
नगरसभाले वालिङ नगरपालिकाको जनस्वास्थ्य विधेयक, २०७८ र शिक्षा ऐन २०७४ को दोस्रो संशोधन कार्यविधि सर्वसम्मतिबाट पारित गरेको छ ।
विधायन समितिका सभापति धनबहादुर कुमालले प्रस्तुत गरेको जनस्वास्थ्य विधेयक र शिक्षा ऐनको संशोधन कार्यविधिमाथि छलफल गरी सभाले पारित गरेको हो ।
त्यस्तै, नगर उपप्रमुख कल्पना तिवारीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन, कार्यपालिकाले गरेका निर्णयहरुको अनुमोदनसम्बन्धी प्रवक्ता केदार काफ्लेद्वारा प्रस्तुत प्रस्तावमाथि छलफलसहित सभाले पारित गरेको छ ।
लेखा समिति सदस्य जमुना केसीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन एवम् बेरुजु फछ्र्यौटसम्बन्धी प्रतिवेदन, केसीले नै प्रस्तुत गरेको पूर्वाधार विकास समितिको प्रतिवेदन, सुशासन समितिका संयोजक अर्जुनप्रकाश अर्यालले प्रस्तुत गरेको सुशासनसम्बन्धी प्रतिवेदन पारित भएको छ ।
सामाजिक विकास तथा फोहोरमैला व्यवस्थापन समिति संयोजक युगमाया पंगेनीद्वारा प्रस्तुत प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक रेखा थापाद्वारा प्रस्तुत प्रतिवेदन र वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक गीता रनपालद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफलसहित पारित भएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

  • दीपक मनाङेलाई भाैतिक मन्त्रालय

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले…
  • जनजागृतिमा शिक्षक बिदाइ

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटस्थित जनजागृति माविमा शिक्षक बिदाइ गरिएको छ । स्वेच्छिक अवकाश लिएका पूर्व प्रधानाध्यापक विष्णुप्रसाद तिमिल्सिना तथा अनिवार्य…
  • ओमबहादुर कार्कीको सम्झना

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । पृथ्वीनारायण क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख एवं रसायनशास्त्र विभागका पूर्व विभागीय प्रमुख सहप्राध्यापक ओमबहादुर कार्कीको सम्झना गरिएको छ…
  • स्याङ्जा प्रहरी प्रमुख शर्मा र पत्रकारबीच छलफल

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    स्याङ्जा । नवआगन्तुक स्याङ्जा प्रहरी प्रमुख र जिल्लामा कार्यरत पत्रकारबीच परिचय कार्यक्रमसँगै समसामयिक विषयमा छलफल भएको छ । जिल्ला प्रहरी…
  • गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । गण्डकीका नवनियक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले कार्यभार सम्हालेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिमका डिल्लीराज भट्टलाई…

hero news full width