दैनिक १८ घण्टा विद्युत् भार कटौती

रासस
माघ ११, २०७८
Electric Grid

सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ ।

पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो सयमसम्म विद्युत् भार कटौती गर्दै आएको हो । दिनमा १८ भन्दा बढी विद्युत् भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले विरोध पनि जनाउन थालेका छन् ।

उता उक्त आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्नसकेको जनाएको छ ।

विद्युत्् कटौतीको मारमा उद्योग व्यसायी

जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् ।

एक दशकभन्दा लामो समयदेखि अठार घण्टासम्मको विद्युत् भार कटौतीले जिल्लाका उद्योग व्यवसायी सङ्कटमा परेका छन् । हेल्दुम जलविद्युत् कार्यालयको कार्य तालिकाबिना विद्युत् भार कटौती गरेकोले आफूहरूको व्यवसायमा झान समस्या भएको गुनासो गर्दै आएका छन्। विद्युत् सेवा नियमित नहुँदा महशुल उठाउन नसकेपछि आयोजनाका कामदारलाई पछिल्लो समयको तलब दिनसमेत समस्या भएको सञ्चालक कृष्णबहादुर हमालले बताउनुभयो ।

विद्युत् अभावमा कार्यालयका काममा समस्या

विद्युत् सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिकासहित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ । समयमै विद्युत् सेवा उपलब्ध नहुँदा प्रशासनिकदेखि अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनसो छ ।

इलोक्ट्रोनिक पसलकामा असर

सिमकोटमा रहेका इलोक्ट्रोनिक पसलमासमेत विद्युत् भार कटौतीको असर परेको छ । उनीहरूले विद्युतबाट प्रिन्ट, फोटोकपी, इमेल फ्याकलगायत काम गर्न कठिन भएको सदरमुकामस्थित कालिञ्चोक इलोक्ट्रोनिक पसलका सञ्चालक सुनमति सिंहले बताउनुभयो । नियमित विद्युत् नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको उहाँको गुनासो थियोे ।

एसइई विद्यार्थीलाई अध्ययनमा बाधा

एसइई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युतको विद्युत् भार कटौतीको मार खेपिरहनु परेको छ । अठार घण्टासम्म विद्युत् भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनसो छ । प्रायजसो दिनमा र राति १० बजेसम्म विद्युत् नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको उनीहरूको भनाइ थियो ।

पढ्नका लागि उज्यालो चाँहिन्छ तर १० बजेपछि विद्युत् आउँदा निन्द्रा लागिसक्छ यसरी ढला गरी विद्युत्् आउँदा पढाइमा समस्या भएको एसइई तयारी गरिहरहेका सुशील बोहराको गुनासो थियो ।

पानी कम भएकाले लोडसेडिङ बढेको हो

केन्द्रका दुई हजार १०० भन्दा बढी ग्राहक रहेको उक्त आयोजनामा पानीको स्रोत कम भएकै कारण २०६५ सालमा सञ्चालनमा आएदेखि नै आयोजनाले विद्युत् भार कटौती गर्नुपर्ने बाध्यता आइपरेको विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो ।

पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएको उक्त आयोजनाको पावर हाउसमा दुईवटा उपकरण जडान गरिएका छन् तर दुवै उपकरणबाट विद्युत् उत्पादन भने हुनसकेको छैन । अहिलेसम्म अधिकतम ३२० किलोवाट मात्र विद्युत् उत्पादन भएको उहाँले जानकारी दिनुभयो । बत्ती बाल्नका लागि लक्षित यस आयोजनाबाट उद्योगका लागि विद्युत् आपूर्ति गर्न नसकिएको आयोजनाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width