मिस तामाङ भर्चुअल हुने

आदर्श समाज सम्वाददाता
माघ ११, २०७८
Miss Tamang Pokhara News.d

पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ग्रान्ड फिनाले भर्चुअल हुने भएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संंक्रमण बढेसँगै भीडभाड हुने कार्यक्रममाथि सरकारले प्रतिबन्ध लगाएका कारण उक्त कार्यक्रम भर्चुअल रुपमा गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
लेकसाइडस्थित बिजी बि. रिसोर्टमा माघ १५ मा हुने सो कार्यक्रमको प्रत्यक्ष प्रसारण न्युज नेपाल टेलिभिजन एचडीले गर्नेछ ।
तामाङ जातिको महान पर्व सोनाम ल्होसार अवसर पारेर तामाङ समुदायको गुम्बा निर्माण सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जनाए ।
कार्यक्रममा तामाङ जातिको परम्परा र संस्कृति झल्किनेखालका कार्यक्रम हुने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width